© २०२३
नवलपरासी,पश्चिम ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ९७ करोड ७२ लाख बजेट सार्वजनिक गरेको छ । उपप्रमुख रुद्र प्रकाश उपाध्यायले १६ औ नगर सभाबाट बजेट प्रतिवेदन सार्वजनिक गरेका हुन ।
कुल विनियोजन रकम मध्ये चालू खर्च तर्फ रु ५७ करोड,४७ लाख,पुँजीगत तर्फ रु ४० करोड २७ लाख बजेट विनियोजन गरिएको छ ।कुल बजेट मध्ये सङ्घ सरकारको श्रोतबाट जम्मा रु ५३ करोड ७० लाख,प्रदेश सरकारबाट रु ३ करोड ५७ लाख ३८ हजार,नगरपालिकाको आन्तरिक श्रोत तर्फ गत वर्षको अल्या समेत रु १६ करोड,राजश्व बाडफाड तर्फ रु २३ करोड ९४ लाख ६२ हजार विनियोजन गरिएको छ ।
कुल बजेट मध्ये रु ५० लाख बजेट नागरिकको लागत सहभागिता बाट प्राप्त हुने अनुमान गरिएको बजेटमा समावेश रहेको छ ।त्यसै गरी बिपद व्यवस्थापन कोष तर्फ ४० लाख र नमुना वडा विकास कार्यक्रम तर्फ रु १ करोड विनियोजन गरिएको छ ।
नगरपालिकाले नीति तथा कार्यक्रम कृषि स्वास्थ्य शिक्षा र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर अघि बढिएको जनाएको छ ।नगरप्रमुख शम्भुलाल श्रेष्ठले नगर गौरवका योजना लाई समेत बजेटमा प्राथमिकता दिइने उल्लेख गरे । वडा बाट आएका योजनाहरूलाई प्राथमिकिकरण गरेर बजेट संशोधन गरिएको समेत श्रेष्ठले जानकारी दिए ।”
यसै गरी नगर सभाले पदावधिको समय सकिएकाले सबै विषयगत समितिहरूलाई समेत विघटन गरेको छ ।पुनः नयाँ विषयगत समितिहरू गठन गरेर अघि बढिने नगर प्रमुख श्रेष्ठले बताए ।त्यस्तै नगर सभाले विभिन्न बिधयेक एव ऎनहरु समेत सर्वसम्मतले पारित गरेको छ ।अन्तिम नगर सभा असार २७ गते हुने बताइएको छ ।