ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

कृषि प्रधान मुलुकको यो विडम्बना !

११ असार २०८२, बुधबार
११ असार २०८२, बुधबार

किसानले उत्पादन गरेको डेढ लाख टन चैते धान बिक्री नभएको तथ्याङ्क कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालै सार्वजनिक गरेको छ । कृषि प्रधान देश नेपालका लागि यो भन्दा विडम्बना अरू के हुन सक्छ ? हामीले एकातिर चालु आर्थिक वर्षमा करिब ४० अर्ब माथिको धान–चामल भारतबाट आयात गरेका छौँ तर नेपालका किसानले उत्पादन गरेको चैते धान खरिद गर्दैनौँ । नेपाल सरकारले किसानबाट धान खरिद गरी विक्रीको व्यवस्था किन गर्दैन ? सोचनीय विषय छ । आफ्नो देशमा उत्पादन भएको धान बिक्री नहुने र भारतबाट निरन्तर धान–चामल आयात गर्नु कस्तो विडम्बना हो ? नेपाल सरकार यो गम्भीर विषयमा किन कानमा तेल राखेर सुतेको छ ? कृषि मन्त्रालयका सम्बद्ध अधिकारीहरूले किसानले उत्पादन गरेको धान खरिद गर्ने व्यवस्था गरोस् ।

कृषि व्यापार कम्पनी लिमिटेडले यो विषयमा ध्यान दिनु जरुरी छ । यदि अवस्था यसै गरी जाने हो भने नेपालको कृषिमा आत्मनिर्भर हुने सपना सपनामै सीमित रहने कुरा निश्चित छ । होइन भने नेपाली कृषकले उत्पादन गरेको धान तत्काल खरिद गरियोस् । यसमा नेपाल सरकारले सहजीकरण गर्नु जरुरी छ । त्यसै पनि नेपालका किसानहरूको समस्या समाधानमा सरकारले बेवास्ता गर्दै आएको छ । यो सरकार मात्रै होइन, यसअघिका सरकारले पनि किसानको समस्या नजरअन्दाज गर्ने प्रवृत्ति थियो । नेपाललाई कृषि प्रधान मुलुक भनिए पनि पछिल्लो समय यो नारा हराउँदै गएको छ । कृषकको उचित सम्मान छैन । कृषक भन्नासाथ पिछडिएको, गरिब र विपन्न भनेर बुझ्ने गरिएको छ । कृषकहरूका लागि प्रोत्साहनको नीति सरकारले ल्याउन सकेको छैन ।

भारतबाट वार्षिक अर्बौँको धान चामल खरिद गर्ने सरकारले नेपाली माटोमा उत्पादन गरिएको धान खरिद गर्न आनाकानी गर्नु साँच्चै दुःखद कुरा हो । सरकारको नारा छ– कृषि पेसाको प्रवर्द्धन गर्दै निर्वाहमुखी कृषिबाट आत्मनिर्भर बन्नेतर्फ प्रयास गरौँ । तर यो नारा एकातिर काम अर्कोतिर हुँदै आएको छ । सरकारले कृषिलाई हेयको पेसाको रूपमा लिँदै आएको छ । त्यही भएर हरेक महिना लाखको हाराहारीमा युवाहरू विदेशी भूमिमा पसिना बगाउन विदेश उडिरहेका छन् । तिनैले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र धानिएको छ । कृषकका लागि आएको अनुदानमा बिचौलियाहरूको हाबी छ । युवालाई कृषिमा जोड्ने कुरा सरकारको नीति तथा कार्यक्रम र बजेटमा पर्दैन ।

सरकार कृषि क्षेत्रको विकासमा जति ध्यान दिनुपर्ने हो, त्यसमा चुकेको छ । आफ्ना खेतबारी बाँझो राखेर विदेशीको भूमिममा जानु युवाका लागि रहर होइन बाध्यता हो । सरकारले चासो र चिन्ता लिने हो भने नेपालले कृषिबाटै आर्थिक क्रान्ति गर्न सक्छ । नेपालको तरकारीदेखि अन्नको माग खाडी मुलुकमा ठुलो छ । कृषि उत्पादन नियार्त गर्ने सम्भावना छ तर ती सम्भावनाका विषयमा सरकार कहिल्यै सकारात्मक भएन । सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको नयाँ बजेटमा पनि कृषि क्षेत्रको प्रवर्द्धनका लागि, कृषकहरूको जीवनमा कायापलट गर्ने ठोस कार्यक्रम सार्वजनिक गर्न सकेन । अनि कहाँबाट हुन्छ नेपालमा कृषि क्रान्ति ? उल्टो नेपाली किसानले उत्पादन गरेको धान विक्री नहुने अवस्था छ । यो नेपालका लागि साँच्चै विडम्बना हो ।

सायद सतिले सरापेको देश यस्तै कारणले भनिएको होला । किसानका नाममा आएको अनुदानमा व्यापक दुरुपयोग भएको समाचार सार्वजनिक भयो । सरकारले त्यसमा कुनै पनि छानबिन समिति बनाएर दोषीलाई कारबाही गरेन । उल्टो अनुदानको दुरुपयोग गर्नेहरू देशमा हालीमुहाली गरिरहेका छन् । जेहोस चैते धान विक्री नभएको कुरा सार्वजनिक भएको छ । किसानको चैते धान सरकारले खरिद गरोस् । भारतबाट अर्बौँको धान चामल आयात गर्नुभन्दा नेपालको उत्पादनलाई प्रोत्साहन गरियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?