© 2026
काठमाडौँ ।
नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ। सुरुमा दिउँसो १ बजेका लागि तोकिएको बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यस्त कार्यतालिकाका कारण ३ बजे सारिएको हो।
आजको बैठकमा विधान महाधिवेशनको तयारी, पार्टीको साङ्गठनिक गतिविधि र समसामयिक राजनीतिक विषयहरूमा छलफल हुने नेताहरूले जानकारी दिएका छन्।
एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सञ्चालन हुने तय छ। सो महाधिवेशनका लागि पूर्वतयारी गर्नका लागि यो बैठक डाकिएको हो।