ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

नेपाली समाजको बदलिँदो पारिवारिक संरचना र चुनौति

११ असार २०८२, बुधबार
११ असार २०८२, बुधबार

पछिल्लो केही दशक अघिसम्म नेपालको पारिवारिक संरचना सामूहिक र परम्परागत संयुक्त परिवारमा आधारित थियो । एउटै घरमा तीन–चार पुस्ताका सदस्यहरू सँगै बस्थे । जहाँ दैनन्दिन जीवन केवल व्यक्तिका लागि नभई सबैका लागि साझा हुन्थ्यो । हजुरबा–हजुर आमाको अनुभव, बुबा–आमाको निर्देशन र दाजु–भाइ–दिदी–बहिनीको सहकार्यमा बालबालिकाले जीवनको पहिलो पाठ सिक्थे । परिवार मात्र आश्रयको केन्द्र थिएन, संस्कार र अनुशासनको जिवन्त पाठशाला थियो । तर समयका साथ समाजमा गहिरो रूपान्तरणहरू भएका छन् । सहरको तीव्र विस्तार, शिक्षाको वृद्धि, वैदेशिक रोजगारी तथा प्रविधिको विकासले पारिवारिक स्वरूप र सम्बन्धलाई नै पुनः परिभाषित गरिदिएको छ । पहिले जस्तो संयुक्त परिवार अब अल्पसंख्यक बनेको छ ।

एकल परिवार—जहाँ आमा, बुबा र बालबालिका मात्र सँगै बस्छन—सहरदेखि गाउँसम्म प्रचलनमा आएको छ । स्वतन्त्रता, गोपनीयता र व्यक्तिगत निर्णय स्वतन्त्रताको खोजीले पारिवारिक सहजीवनमा दूरी सिर्जना गरेको देखिन्छ । महत्वपूर्ण रूपमा, वैदेशिक रोजगारले नेपाली परिवारलाई आर्थिक रूपमा मजबुत बनाएको छ तर सामाजिक र भावनात्मक संरचनामा खलबली ल्याएको छ । लाखौं नेपाली युवा विदेशमा छन्, जसको प्रत्यक्ष असर उनीहरूको परिवारमा देखिन्छ । श्रीमान् विदेश, श्रीमती एकल अभिभावकका रूपमा घर सम्हाल्दै—यो अब सामान्य दृश्य बनेको छ । यस्तो अवस्थाले सन्तानलाई दुवै अभिभावकको माया र मार्ग दर्शनबाट वञ्चित तुल्याएको छ । त्यसैले आर्थिक उपलब्धि हुँदाहुँदै पनि सम्बन्धको गहिराइ र आत्मीयता खस्कँदै गएको अनुभूति हुन्छ ।

विगतका केही दशकमा नेपालको पारिवारिक संरचनामा ठूलो परिवर्तन आएको छ । पहिलेको संयुक्त परिवार प्रणाली आज एकल परिवारमा परिणत हुँदै गएको छ । संयुक्त परिवारमा तीन–चार पुस्ताका सदस्यहरू एउटै घरमा सँगै बस्थे, जहाँ बच्चादेखि वृद्धसम्म सबैको समुचित हेरचाह र सामाजिक शिक्षा हुन्थ्यो । तर आजको आधुनिक जीवनशैली, रोजगारीका अवसर, शिक्षाको खोजी र व्यक्तिवादी सोचका कारण धेरै मानिसहरू एकल परिवार रोज्न थालेका छन् । यो परिवर्तनले केही सकारात्मक लाभ त ल्याएको छ, तर त्यससँगै समाजमा अनेकौं अस्तव्यस्तता र समस्याहरू पनि बढ्दै गएका छन । आज एकल परिवारका कारण सबैभन्दा बढी असर वृद्ध वृद्धाहरूमा देखिन्छ ।

पहिलेको जमानामा हजुरबा–हजुरआमाले नाति नातिनालाई कथा सुनाउँदै हुर्काउँथे । उनीहरूको जीवन अनुभव परिवारका लागि मार्गदर्शन हुन्थ्यो । अहिले भने उनीहरू वृद्धाश्रममा बस्न बाध्य छन्, वा गाउँमा एक्लै बसिरहेका हुन्छन् । यस्तो अवस्थामा उनीहरू मानसिक पीडामा छन् र यसले सामाजिक सम्वेदनशीलतालाई कमजोर बनाएको छ ।
बालबालिका पनि एकल परिवारको कारण प्रभावित छन् । संयुक्त परिवारमा धेरै सदस्यहरूसँग मेलमिलाप, अनुशासन र सांस्कृतिक शिक्षा पाइन्थ्यो । तर आज अधिकांश बच्चाहरू मोबाइल, इन्टरनेट र टिभीमा सीमित भइरहेका छन् । उनीहरूमा सामाजिक व्यवहार, सहकार्य, सहनशीलता जस्ता मूल्यहरू कमजोर हुँदै गएको देखिन्छ ।

त्यस्तै, एकल परिवारको संस्कृति विकाससँगै मानिसहरू बढी आत्मकेन्द्रित हुन थालेका छन् । छिमेकीलाई चिन्न छोडिएको छ, आफन्तको माया घट्दै गएको छ र सामाजिक कार्यक्रमहरूमा सहभागिता घटेको छ । यस्तो प्रवृत्तिले समाजमा अलगाव र असहयोगको भावना पैदा गरिरहेको छ । यसैले, परिवार सानो हुनाले सहजता ल्याएपनि सामाजिक सन्तुलन कायम गर्न कठिन भइरहेको छ । एकल परिवारको व्यवस्था चुन्नु गलत होइन तर त्यसले उत्पन्न गर्ने सामाजिक असरप्रति सचेत रहनु आवश्यक छ । हामीले चाहे एकल परिवारमा बसौं वा संयुक्तमा, बृद्धबृद्धाको सम्मान, छिमेकीसँगको सम्बन्ध, सामाजिक परम्पराको जगेर्ना र भावनात्मक सञ्जाल मजबुत पार्न जरुरी छ ।

प्रविधिको विकासले पनि पारिवारिक सम्बन्धमा नयाँ खालको चुनौती ल्याएको छ । इन्टरनेट, मोबाइल, सामाजिक सञ्जालजस्ता माध्यमले भौगोलिक दूरी घटाए पनि आत्मीय संवाद र आपसी समय घटाएका छन् । एउटै घरमा बसेका सदस्यहरू पनि आ–आफ्नो स्क्रिनमा हराइरहेका छन् । पहिले सँगै खाइने खाना, सँगै गरिने गफगाफ, सँगै बिताइने समय—आजकाल व्यक्तिगत कोठा र व्यक्तिगत उपकरणमा सीमित छ । महिलाहरूको सशक्तीकरण पारिवारिक संरचनाको अर्को महत्वपूर्ण पक्ष हो । महिलाहरू शिक्षित, आत्मनिर्भर र आर्थिक रूपमा सक्षम हुँदै गएका छन । यो सशक्तीकरणले पारिवारिक भूमिकामा नयाँ सन्तुलन ल्याएको छ । अब पत्नी केवल गृहिणी होइन—उनको आवाज निर्णय प्रक्रियामा महत्त्वपूर्ण छ । तर कतिपय अवस्थामा पुरुषप्रधान सोचका कारण यस्ता परिवर्तनहरूलाई स्वीकार्न कठिनाइ भइरहेको छ, जसले परिवारभित्रको समझदारी र सम्मानमा चुनौती ल्याइरहेको छ ।

यसैबीच वृद्धवृद्धाको अवस्था पनि गम्भीर प्रश्नको रूपमा उठ्न थालेको छ । परम्परागत रूपमा वृद्ध अभिभावकहरूलाई परिवारको मार्गदर्शकको रूपमा सम्मान गरिन्थ्यो । तर, आज धेरै वृद्धवृद्धा एक्लिएका छन । कतिपय वृद्धाश्रममा छन्, कतिपय आफ्नै घरमा भए पनि ध्यान र सम्मानबाट टाढा छन् । छोराछोरी आर्थिक रूपमा सक्षम भएपनि व्यवहारमा अभिभावकप्रति जिम्मेवारीको भावना न्यून देखिन्छ । बालबालिकाको पालनपोषण र मानसिक विकासको सन्दर्भमा पनि अहिले गम्भीर चुनौतीहरू देखापरेका छन् । कामकाजी आमाबुबाले समय अभावका कारण आफ्ना सन्तानलाई मोबाइल, टेलिभिजन वा अन्य डिजिटल माध्यममा लगेर छोड्ने प्रवृत्ति बढ्दो छ ।

यस्तो व्यवहारले बालबालिकाको सामाजिक सञ्जाल क्षमतामा, सहिष्णुता, आत्मनियन्त्रण र मानवीय सम्बन्धबारे बुझाइमा कमी ल्याइरहेको छ । समाजको रूपान्तरणसँगै विवाह संस्कारमा पनि परिवर्तन देखिएको छ । प्रेमविवाह, अन्तर जातीय तथा अन्तर धार्मिक विवाह, सहजीवन सम्बन्ध, सम्बन्ध विच्छेदको दर आदिमा वृद्धि भएको छ । सम्बन्धहरू चाँडै बन्ने र चाँडै टुट्ने प्रवृत्तिले परिवारको स्थायित्वमा प्रश्न उठाएको छ । यसले विशेषतः बालबालिकामा असुरक्षा, भावनात्मक तनाव र सामाजिक टाढापनको अनुभव बढाएको छ । आर्थिक चुनौतीहरू पनि परिवार निर्माणको निर्णयमा बाधक बन्दै गएका छन् । सहरमा घर भाडा, विद्यालय शुल्क, स्वास्थ्य सेवा आदिको बढ्दो खर्चले युवाहरूलाई विवाह गर्न वा सन्तान पाउन हिच्किच्याउने बनाएको छ । कतिपयले विवाह पछि पनि सँगै नबस्ने वा सन्तान नहुने निर्णय लिएका छन् । यसले भविष्यमा सामाजिक संरचनाको पुनःसंरचनाको आवश्यकता खडा गर्ने सम्भावना देखिन्छ ।

यद्यपि यस्ता चुनौतीहरूको बीचमा आशाका किरणहरू पनि छन् । देशका विभिन्न स्थानमा महिला समूह, सहकारी संस्थाहरू, बालमैत्री पालिकाहरू, वृद्धसेवा केन्द्रहरू तथा पारिवारिक परामर्श सेवाहरू सञ्चालनमा छन् । विद्यालयहरूले संस्कार शिक्षा सुरु गरेका छन् । स्थानीय सरकारहरू वृद्ध, एकल महिला र बालबालिकाका लागि अनुदान र सेवाहरू सुरु गर्दैछन् । यस्ता प्रयासहरूलाई नीति, बजेट र सामाजिक चेतनासँग एकीकृत गर्दै लैजान सकिने हो भने पारिवारिक प्रणालीलाई फेरि सशक्त बनाउन सकिन्छ । सरकारको भूमिकालाई अझ स्पष्ट र प्रभावकारी बनाउनु आवश्यक छ । परिवारमैत्री नीति, एकल अभिभावकका लागि राहत कार्यक्रम, बाल अधिकार सुरक्षाका योजना तथा वृद्ध संरक्षण कानुनी रूपमा सुनिश्चित हुनुपर्छ ।

स्थानीय सरकार, सामुदायिक संस्था र नागरिक समाजबीच समन्वय गराएर पारिवारिक जीवनलाई सुरक्षित, सम्मानित र समर्पित बनाउन सकिन्छ । अन्ततः परिवार केवल सम्बन्धको नाम होइन— यो विश्वास, समर्पण, माया र उत्तरदायित्वको भावनात्मक संरचना हो । हामीले बदलिँदो समाजमा परम्परा र आधुनिकताको सन्तुलन खोज्दै परिवारलाई फेरि आत्मीयता, सुरक्षा र सहयोगको केन्द्र बनाउनुपर्छ । अवको दिनमा हरेक नागरिक, हरेक परिवार र हरेक नीति–निर्माताले यो अवको दिनलाई आत्मसमीक्षा र नयाँ सुरुवातको अवसर बनाउनु पर्छ । हामी सबैले शब्द होइन, व्यवहारबाट परिवारलाई सम्मान गर्न सुरु गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?