ट्रेंडिंग:

>>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना

कपिलवस्तु नगरपालिकाको बजेट एक अर्ब २३ करोड

११ असार २०८२, बुधबार
११ असार २०८२, बुधबार

कपिलवस्तु (न्युज बुटवल टुडे), ११ असार
कपिलवस्तु नगरपालिकाको आर्थिक २०८२/०८३ का लागि एक अर्ब २३ करोड ८४ लाख रुपैयाँको आय–व्यय प्रस्तुत गरिएको छ । कपिलवस्तु नगरपालिकामा आयोजित नगरसभाको १८ औँ अधिवेशनमा नगरसभाका उपाध्यक्ष तथा नगरका उपप्रमुख सुनिता गुप्ताले आर्थिक वर्ष २०८२/०८३ का लागि एक अर्ब २३ करोड ८४ लाख रुपैयाँको अनुमानित आयव्यय प्रस्तुत गरेकी छन ।

उनले नगरपालिकालाई सङ्घीय सरकारबाट सशर्त अनुदान ३८ करोड ५५ लाख, वित्तीय समानीकरण अन्तर्गत १८ करोड १७ लाख, राजस्व बाँडफाँटबाट २३ करोड ४९ लाख, आन्तरिक आय २७ करोड ३९ लाख प्राप्त हुने उनले जानकारी दिईन । यसैगरी, राजश्वबाट २७ करोड ९९ लाख, प्राकृतिक स्रोतको बाँडफाँड ३ करोड ५० लाख रुपैयाँ रहने जनाइएको छ । प्रदेश सरकारबाट वित्तीय समानीकरण तीन करोड ७८ लाख ८५ हजार, राजस्व बाँडफाँट एक करोड ४९ हजार, सशर्त अनुदान एक करोड २७ लाख, समपूरक अनुदान एक करोड २० लाख र विशेष अनुदान १७ लाख रुपियाँ प्राप्त हुने उपप्रमुख गुप्ताले बताईन । नगरको सडक बोर्डबाट ६० लाख, आफ्नै आन्तरिक श्रोतबाट तीन करोड ९० लाख, घरजग्गा रजिष्ट्रशेन दस्तुरबाट तीन करोड ५० लाख, प्राकृतिक श्रोतको बाँडफाँडबाट तीन करोड ५० लाख र सामाजिक सुरक्षा कार्यक्रम कार्यक्रम ३० करोड २६ लाख आम्दानी रहने अनुमान गरिएको छ ।

१८ औँ नगरसभामा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरे । नगरसभा मार्फत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक एवं लैगिंक समानता तथा सामाजिक समावेशीकरण, खानेपानी तथा सरसफाई, संस्थागत विकास तथा सेवा प्रवाह, महिला अपांग तथा जेष्ठ नागरिक, स्वास्थ्य, शिक्षा, युवा तथा खेलकुद, सहकारी, सुरक्षित बैदेशिक रोजगार नीतिलाइ पारित गरेको छ । यस्तै रोजगार सेवा केन्द्र, सामाजिक सुरक्षा तथा पञ्जिकरढा, न्यायिक, उद्यम बिकास, पूर्वाधार बिकास, जिन्सी खरिद दाखिला, सूचना तथा संचार प्रविधि, पर्यटन सम्बन्धी नीति पारित गरेको छ ।

यस्तै, नगरवासीहरुलाई सर्पदंश सेवा र रगत उपलब्ध निशुल्क गराईने महत्वपूर्ण निर्णय पारित गरिएको नगरप्रमुख पौडेलले जानकारी दिए ।कार्यक्रममा नगरसभाका सदस्य तथा वडाध्यक्षहरु, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी, पत्रकार लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?