Butwal Today

आनन्दलोकमा दुर्लभ सिस्टको सफल शल्यक्रिया

११ असार २०८२, बुधबार
अ+
अ-

गोरखपुर, ११ असार ।

गोरखपुर स्थित आनन्दलोक अस्पतालमा नौतनवाँ निवासी २५ वर्षीय विजय राजको पेटदेखि मिर्गौलासम्म फैलिएको एक ठुलो रेट्रोपेरिटोनल सिस्टको सफल शल्यक्रिया गरिएको छ । उक्त जटिल र जोखिमपूर्ण शल्यक्रिया उक्त अस्पतालका गोल्ड मेडलिष्ट सर्जन डा. आनन्द कुमार अग्रवाल को टिमले विश्वकै नवीनतम प्रविधि हालमियम लेजर प्रविधिद्वारा बिरामीको इमरजेन्सी अप्रेसन सफलता पूर्वक गरेका छन् । चिकित्सकका अनुसार जन्मदेखि नै मिर्गौलासम्म फैलिएको दुर्लभ सिस्टको करोडौँमा मात्र एक व्यक्तिमा पाइने दुर्लभ खालको थियो।

आधुनिक प्रविधिको प्रयोगबाट गरिएको यस अप्रेसनमा शरीरमा गरिएको सानो छेदको केही समयमै कुनै पनि डोब वा छाप बाँकी नबस्ने चिकित्सकहरूले बताएका छन् । चिकित्सकका अनुसार यस्तो प्रकारको केस निकै कम देखिन्छ र समयमै उपचार नगरेमा गम्भीर जटिलता उत्पन्न हुन सक्थ्यो । डा. अग्रवालले बताए अनुसार शल्यक्रिया पछिको स्वास्थ्य अवस्था सामान्य रहेको र विजय राज अहिले सुधारोन्मुख अवस्थामा रहेको छन् र केही दिनमै पूर्ण रूपमा स्वस्थ हुने अपेक्षा गरिएको छ । अस्पताल प्रशासनका अनुसार यस्तो दुर्लभ केसमा शीघ्र पहिचान र समयमै उपचार अत्यन्त आवश्यक हुन्छ ।