Butwal Today

रास्वपा सांसद गृहमन्त्रीको सम्बोधन सुन्न तयार

१० असार २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

भिजिट भिसा प्रकरणमा संसदमा लगातार अवरोध गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकको सम्बोधन सुन्ने निर्णय गरेको छ। मंगलबारको प्रतिनिधि सभा बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरू उठेका थिए। तर सभामुख देवराज घिमिरेले गृहमन्त्रीले सम्बोधन गर्न समय मागेको जानकारी दिँदै, उनले बोलेपछि आफ्ना कुरा राख्न आग्रह गरे।

सभामुखको आग्रहपछि उठेका सांसदहरू शान्त भएर बसेका छन्। यसक्रममा गृहमन्त्री लेखक अहिले सम्बोधन गरिरहेका छन्। रास्वपाले पछिल्लो समय भिजिट भिसाका नाममा वैदेशिक रोजगारीमा गएका नेपालीहरूको विषयमा संसदमा निरन्तर आवाज उठाउँदै आएको छ। यो प्रकरणमा सरकारको स्पष्ट धारणा माग गर्दै रास्वपाले संसदको कार्यसूची अवरुद्ध गर्दै आएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?