© २०२३
काठमाडौं ।
प्रतिनिधिसभामा विनियोजन विधेयक २०८२ पारित भएको छ। मंगलबारको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयक पारित गरियोस् भनी प्रस्ताव पेश गरे, जुन बहुमतले पारित भयो।
यद्यपि, उक्त बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू उपस्थित थिएनन्। यी दलहरूले गृहमन्त्रीको राजीनामाको मागसहित संसदमा उठेको भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायिक आयोग गठन हुनुपर्ने माग गर्दै जेठ १३ यता प्रतिनिधिसभाको कामकारबाही बहिष्कार गर्दै आएका छन्।
बजेट पारित भएसँगै अब आर्थिक विधेयक २०८२ र राष्ट्र ऋण उठाउने विधेयक २०८२ पनि अगाडि बढाइएको छ। प्रतिपक्षी दलहरूको विरोध र अवरोधबीच पनि संसदको बैठक सञ्चालन भइरहेका छन्।