Butwal Today

नेकपा एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक

१० असार २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार दिउँसो १ बजे बैठक बस्ने कार्यक्रम तय भएको हो। एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बैठकको जानकारी दिएका हुन्।

बैठकमा विशेषगरी आगामी भदौमा तोकिएको दोस्रो विधान महाधिवेशनको तयारी लगायतका विषयमा छलफल हुने बताइएको छ। एमालेले महाधिवेशन भदौको तेस्रो सातामा गर्ने निर्णय पहिले नै गरिसकेको छ।

पार्टीको संगठनात्मक रणनीति, विधान परिमार्जन, र आगामी राजनीतिक योजना बैठकको मुख्य एजेन्डा हुने अनुमान गरिएको छ।