© २०२३
काठमाडौं,१० असार।
आज मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार स्थिर रहेको सुनको भाउ आज तोलामा १ हजार ७ सय रुपैयाँले घटेको हो।
यसअनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँमा पुगेको छ। सोमबार सो मूल्य १ लाख ९५ हजार २ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला २ हजार १ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार १ सय ६० रुपैयाँमा झरेको महासंघले जनाएको छ।
सुन र चाँदी दुवैको मूल्यमा आएको यो गिरावटले बजारमा केही चहलपहल बढाउने अनुमान गरिँदैछ।