ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

भुटानी शरणार्थीलाई जनही ५ हजार जरिवाना तिराएर डिपोर्ट गर्ने निर्णय

१० असार २०८२, मंगलवार
१० असार २०८२, मंगलवार

काठमाडौँ ।

चार जना भुटानी शरणार्थीलाई नेपाल सरकारले जनही पाँच हजार रुपैयाँ जरिवाना तिराएर भुटान फर्काउने निर्णय गरेको छ। सर्वोच्च अदालतले यो मुद्दा ६० दिनभित्र टुंग्याउन निर्देशन दिएपछि अध्यागमन विभागले गत शुक्रबार उक्त निर्णय गरेको हो।

अमेरिकाले डिपोर्ट गरी नेपाल पठाएका आशिष सुवेदी, रोशन तामाङ, सन्तोष दर्जी र अशोक गुरुङलाई अब भुटान पठाउने तयारी भएको छ। अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले उनीहरूलाई जरिवाना तिराएर डिपोर्ट गर्ने निर्णय भइसकेको जानकारी दिएका छन्। यसका लागि उनीहरूलाई पासपोर्ट र हवाई टिकट पेस गर्न भनिएको छ।

उनका अनुसार अदालतले तोकेको ६० दिनको म्यादभित्र निर्णय गरिसकिएको हो। ‘अब हाम्रो निर्णय चित्त बुझे कागजात ल्याउँछन्, नभए कानुनी बाटो अपनाउन सक्नेछन्,’ रिजालले बताएका छन्। यसका साथै उनीहरूले भिसा शुल्क र ओभरस्टे गरेबापतको दैनिक आठ डलर दरको रकम पनि बुझाउनु पर्नेछ।

हाल उनीहरू झापास्थित शरणार्थी शिविरमा छन्। यदि उनीहरूले अध्यागमनको निर्णय स्वीकार गरेनन् भने सर्वोच्च अदालतमा पुनः निवेदन दिन सक्ने कानुनी बाटो खुला रहेको विभागले जनाएको छ।

यसअघि अमेरिका सरकारले चैत १५ गते उनीहरूलाई भुटान डिपोर्ट गरे पनि, भुटानले कागजात नस्वीकृत गर्दै नेपालतर्फ फर्काएको थियो। त्यसपछि चैत १६ र १९ गते नेपालमा कागजातविहीन अवस्थामा भेटिएका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

पक्राउपछि उनीहरूले वन्दी प्रत्येक्षीकरण निवेदन दिएका थिए, जसको सुनुवाइपछि सर्वोच्च अदालतले उनीहरूलाई २८ दिनपछि थुनामुक्त गरिदिएको थियो। साथै, दुई महिनाभित्र आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिएको थियो। हाल उनीहरूलाई शरणार्थी शिविरमै सीमित गरिएको छ।

डिपोर्ट प्रक्रिया सहज बनाउन परराष्ट्र मन्त्रालयमार्फत भुटानसँग आवश्यक कूटनीतिक पहल पनि थालिएको छ। अब उनीहरूका लागि दुई विकल्प खुलेका छन्—सरकारको निर्णय स्वीकार गरी कागजात पेस गर्ने, वा फेरि कानुनी प्रक्रिया अघि बढाउने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?