ट्रेंडिंग:

>> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले

पालिकाहरूको नीति कार्यक्रम र बजेट

१० असार २०८२, मंगलवार
१० असार २०८२, मंगलवार

हरेक वर्षजस्तो यो वर्ष पनि पालिकाहरूले यही बेला नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । केही पालिकाहरूले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् भने बुटवल उपमहानगर र तिलोत्तमा नगरपालिकाले बजेट नै सार्वजनिक गरिसकेका छन् । रुपन्देहीका पालिकाहरूमा नीति कार्यक्रम र बजेटको माचो छ । पालिकाहरूको नीति तथा कार्यक्रमले जनताको मन छुन सकेको छैन । नीति तथा कार्यक्रम एकातिर र बजेट अर्कोतिर जाने विगतको जुन गलत अभ्यास थियो, त्यो ट्र्याकमा आउनुपर्दछ । पालिकाहरूको नीति तथा कार्यक्रम सुन्दा फोटोकपी लाग्छ ।

एउटै नीति तथा कार्यक्रमलाई पालिकाहरूले आ–आफ्नो तरिकाले कपि पेष्ट अर्थात् साभार गरेका छन् । सारमा एउटै जस्तो लाग्ने नीति तथा कार्यक्रमले जनताको गुनासो सम्बोधन गर्न सकेको छैन । उही पुरानै योजना र कार्यक्रमलाई नयाँ स्वरूप दिने काम भएको छ । पालिका अनुसार केही नयाँ योजना थपेर नीति तथा कार्यक्रम बनाउने र सोही अनुसार थपघट गरी बजेट प्रस्तुत गर्ने काम भइरहेको छ । पालिकाहरूले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पुरानै योजना र कार्यक्रमको निरन्तरता हो भन्दा अत्युक्ति हुँदैन ।

बुटवलमा यो वर्ष बुटवल भ्रमण वर्ष घोषणा गरिने भएको छ । बजेटमा यो शीर्षक परेको छ । पछि यो कार्यक्रमको समीक्षा होला तर यसले केही नयाँपन दिने प्रयास गरेको छ । यद्यपि गत वर्ष नै नीति तथा कार्यक्रममा समावेश यो कार्यक्रम चालू वर्ष नै सम्पन्न हुनुपर्थ्यो । अरू पालिकाहरूले पनि नीति तथा कार्यक्रममा समावेश योजनाहरूलाई निरन्तरता दिने काम गरेको देखिएको छ । फेरी पनि पालिकाहरूले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, पर्यटन, सीप विकास र तालिमकै वरिपरि घुम्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

पालिकाहरूले जनताको आशा र अपेक्षा अनुरूपको नीति तथा कार्यक्रम ल्याएको दाबी गरिरहेका छन् तर सारमा कार्यक्रमले जनताको विश्वास जित्न सक्यो कि सकेन भन्ने कुरा महत्त्वपूर्ण छ । सबै पालिकाको एकै प्रकृतिको नीति तथा कार्यक्रम छ । नीति तथा कार्यक्रम नाराले भरिएका छन् ।

वि.सं. २०७९ मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको यो तेस्रो नीति तथा कार्यक्रम हो । अहिलेका जनप्रतिनिधिले अव अन्तिम नीति तथा कार्यक्रम अर्को वर्ष प्रस्तुत गर्नेछन् । जिम्मेवारीको उत्तरार्धको अवस्थामा आईपुग्दासम्म पालिकाहरू आम जनताको आशा र भरोसा बटुल्न सक्षम भए कि भएनन् ? त्यो समीक्षाले नै देखाउनेछ । तर, नीति तथा कार्यक्रममा जुन कुरा समावेश भएका छन्, ती अक्षरशः लागू गर्न किन नसकिएको होला ? भन्ने यक्ष प्रश्न छ । हरेक वर्ष प्रस्तुत गरिने नीति तथा कार्यक्रम विगतकै नीति तथा कार्यक्रमको निरन्तरता नबनोस् ।

यद्यपि कुनै कुनै पालिकाका नीति र कार्यक्रम तथा बजेट राम्रो छ । किसानलाई कृषि र उत्पादनमा जोड दिएकोले बजेट कृषि र कृषकमुखी छ । सबै क्षेत्रलाई समेटेर नीति तथा कार्यक्रम आउनु र बजेटमा ती सबै कुरा समावेश गर्नु आफैमा स्वागतयोग्य कुरा हो । अर्कोतर्फ चालू आर्थिक वर्षको चालू खर्च, विकास बजेट र पुँजीगत खर्चको अवस्था पालिकाहरूको पनि उस्तै छ ।

पालिकाहरूले पनि चालू खर्च बढी गर्ने र पुँजीगत खर्चमा कमजोर हुने हो भने सङ्घीय र प्रदेश सरकारकै नियति दोहोरिनेछ । अव समय धेरै छैन । जनप्रतिनिधिहरूमा केही गर्ने हुटहुटी हो भने अव देखाउने बेला भएको छ । इतिहासले यो सुनौलो अवसर सधैँ दिँदैन । धेरै कमलाई दोहोरिएर उम्मेदवार बन्ने अवसर प्राप्त होला तर निर्वाचन जितेर आउनुपर्ने अवस्था सजिलो छैन । त्यसैले अब जनप्रतिनिधिहरूको ध्यान निर्वाचनका क्रममा गरेका बाचा पूरा गर्नेतर्फ जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?