ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

दोस्रो स्मृति कपको संयुक्त उपाधि वडा नं. २ र ९ लाई 

१० असार २०८२, मंगलवार
१० असार २०८२, मंगलवार

कपिलवस्तु, १० असार ।

दिवङ्गत क्रिकेट खेलाडीको सम्झनामा कपिलवस्तु क्रिकेट सङ्घको आयोजनामा भएको दोस्रो नगर स्तरीय स्मृति कप क्रिकेट प्रतियोगिताको उपाधि कपिलवस्तु नगरपालिका वडा नम्बर २ र ९ ले संयुक्त रूपमा प्राप्त गरेका छन् । जेठ ३१ गते देखी सञ्चालन गरी नगरका १२ वटा वडाका टोली सहभागी खेलको फाइनल वर्षाका कारण अवरुद्ध हुँदा फाइनल प्रवेश गरेका दुवै टोलीलाई संयुक्त रूपमा विजेता घोषित गरिएको हो ।

सङ्घका जिल्ला अध्यक्ष प्रकाश गैरे, कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल, वडा नम्बर १ का अध्यक्ष मोहम्मद जाहिद खाँ, वडा नम्बर ४ का अध्यक्ष रावेन्द्र तिवारी, वडा नम्बर १२ का अध्यक्ष ईन्सान अली धुनिया, कालिकाका अध्यक्ष मन्दिप सिंह, निर्माण व्यवसायी सङ्घका जिल्ला अध्यक्ष सरोज अर्याल, क्रिकेट सङ्घका जिल्ला सचिव अजय शर्मा, कोषाध्यक्ष पदमराज श्रेष्ठ र सदस्य माया ज्ञवालीले विजयी टोलीलाई शिल्ड, प्रमाणपत्र र प्रत्यक टोलीलाई नगद ३०÷३० हजार राशीको पुरस्कार हस्तान्तरण गरे । प्रतियोगितामा म्यान अफ द सिरिज भएका वडा नम्बर ३ का खेलाडी संदिप मौर्यलाई शिल्ड, प्रमाणपत्र र नगद ३ हजार पुरस्कार हस्तान्तरण गरिएको थियो ।

सो अवसरमा बोल्दै कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले पछिल्लो समय नेपालले अन्तरराष्ट्रिस्तरमा नै उत्कृष्ठ प्रदर्शन गरेर देशको शिर उच्च बनाएको बताए । जिल्लाका युवा खेलाडी रौनक श्रीवास्तवले गरेको प्रदर्शनले कपिलवस्तुमा क्रिकेट खेल प्रतिको धारणा थप सकारात्मक बन्दै गएको उनले स्पष्ट पारेँ । कपिलवस्तु नगरपालिकाले खेलाडीको प्रतिभा उजागर गर्न खेल क्षेत्रलाई प्राथमिकता दिएको र खेलमा लगानी बढाउन तत्पर रहेको उनको भनाइ थियो । विगतमा जिल्लाको क्रिकेट खेलमा योगदान पूर्याएका दिवङ्गत पदाधिकारी र खेलाडीको सम्झनामा आयोजित खेललाई भविष्यमा निरन्तरता दिइने कपिलवस्तु क्रिकेट सङ्घका अध्यक्ष प्रकाश गैरेले प्रतिबद्धता जनाए ।

उनले खेल क्षेत्रको विकासका लागि पूर्वमन्त्री तथा सांसद सुरेन्द्रराज आचार्यको पहलकदमीको प्रशंसा गर्दै खेलाडीको प्रतिभा उजागर गर्न प्रतियोगिताले भूमिका खेलेको बताए । प्रतियोगिता दिवङ्गत पूर्व पदाधिकारी बनारसी लाल वर्मा, दिवङ्गत खेलाडीहरू राजेन्द्र प्रताप शाक्य, दिपेन्द्र सिंह रावल, विजय शर्मा, धिरेन्द्र सिंह, कमल राना, रंजित अग्रहरी, रत्नेश गुप्ता, खगेन्द्र कार्की र श्रवण गुप्ताको सम्झनामा दोस्रो स्मृती कप आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?