© २०२३
काठमाडौँ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले देशमा बेरोजगारीको दर ११.६ प्रतिशत रहेको जानकारी दिएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले श्रम र रोजगारीको अवस्था मुलुकको समृद्धिसँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गरे।
उनका अनुसार देशको ठूलो जनसंख्या बेरोजगार अवस्थामा रहेको वर्तमान परिस्थितिमा देशभित्रै रोजगारी सिर्जना गर्नु चुनौतीपूर्ण र चिन्ताको विषय बनेको छ। उनले औंल्याए अनुसार नेपालमा उपयुक्त रोजगारीको अवसरको अभाव मात्र होइन, केही उपलब्ध रोजगारीहरूमा समेत नेपालीहरू आवश्यक सीप र ज्ञानको कमीका कारण संलग्न हुन नसकिरहेका छन्, जसका कारण ती क्षेत्रमा विदेशी नागरिकको संलग्नता देखिएको छ।
मन्त्री भण्डारीले वैदेशिक रोजगारतर्फ आकर्षित नेपाली युवालाई स्वदेशमै समावेश गराउनु सरकारको प्रमुख चुनौती भएको बताए। त्यसै सन्दर्भमा उनले आगामी १० वर्षलाई लक्षित गरी “आन्तरिक रोजगार प्रवर्द्धन दशक” घोषणा गरिएको र यसको माध्यमबाट रोजगारी सिर्जना र बेरोजगारी घटाउने लक्ष्य लिइएको जानकारी दिए।