ट्रेंडिंग:

>> दर्शक नजाँदा खल्लो बन्दै तिलोत्तमा महोत्सव >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

डेंगु नियन्त्रण प्रभावकारी बनाउनु पर्छ: सांसद पौडेल

१० असार २०८२, मंगलवार
१० असार २०८२, मंगलवार

काठमाडौं, १० असार ।

राष्ट्रिय सभा सदस्य एवं नेपाली काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले डेङ्गी रोग नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको बैठकमा पौडेलले स्वास्थ्य सेवा विभागका अनुसार २०८१ पुस १८ देखि हालसम्म एक हजार चार सय तीन जना डेङ्गी सङ्क्रमित भएका तथ्याङ्क प्रस्तुत गर्दै महामारीको सम्भावनालाई समय हुँदै नियन्त्रण गर्न माग गरेका हुन्।

सांसद पौडेलले हरेक दिन एक दुई जना डेङ्गी सङ्क्रमित उपचारका लागि आउने गरेको र सङ्क्रमण ७३ जिल्लामा फैलिसकेको जानकारी गराए। ‘२०८० मा देशभर झन्डै ५२ हजार भन्दा बढी डेङ्गी सङ्क्रमण पुष्टि भई २० जनाको मृत्यु समेत भएको थियो। २०७६।७७ मा महामारीकै रूप लिएको स्मरण गराउँदै पुनः महामारीको रूप लिन सक्ने सम्भावनालाई ध्यानमा राख्न माग गर्दछु,’ उनले भने।

सांसद पौडेलले तीनै तहका सरकारका अतिरिक्त स्थानीय स्वास्थ्य संस्था, टोल विकास समिति, विद्यार्थी, शिक्षक, राष्ट्रसेवक कर्मचारी, स्थानीय क्लब लगायत आम नागरिक समेतको सहभागितामा डेङ्गी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन, जनस्वास्थ्य विभागद्वारा निगरानी र रोकथामका कार्यक्रम तीव्र बनाउन तथा सङ्क्रमितलाई सहज र सरल रूपले उपचारको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

पौडेलले जलविद्युतमा दुई तिहाइभन्दा बढी निजी क्षेत्रको योगदान रहेको तथ्य प्रस्तुत गरेका छन्। ‘तर बजेटको बुँदा नम्बर २२७ मा उल्लेखित ‘रन अफ रिगर’ आयोजनाको ‘टेक एन्ड पे’ अवधारणा अनुरूप विद्युत् खरिद सम्झौता गरिने प्रावधानले निजी क्षेत्रलाई निकै हतोत्साहित बनाएको छ । तसर्थ, तत्कालै सुधार्न माग गर्दछु,’ उनले भने।

उनले बहुदलीय व्यवस्था स्थापना हुनुभन्दा अगाडि करिब २७० मेगावाट मात्र विद्युत् उत्पादन भएको स्मरण गरे। ‘तर, नेपाली काँग्रेसको उदार आर्थिक नीतिअनुसार तत्कालीन जलस्रोत मन्त्री शैलजा आचार्यको पालामा निजी क्षेत्रलाई गरिएको प्रोत्साहनले अहिले दिनमा तीन हजार ६०२ मेगावाट विद्युत् उत्पादन भएको छ ।

त्यसैले टेक एन्ड पे अवधारणा लागु गर्नुहुँदैन,’ उनले भने। राष्ट्रियसभाको जेठ २३ गतेको बैठकमै सांसद पौडेलले जलविद्युत आयोजनामा टेक एन्ड पे अवधारणा हटाउन माग गर्दै सरकार र अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?