© २०२३
काठमाडौँ ।
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविराम भएको औपचारिक घोषणा गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा छोटो सन्देश दिँदै लेखेका छन्, “युद्धविराम अब सुरु भएको छ। कृपया यसको उल्लंघन नगर्नुहोस्!”
ट्रम्पको घोषणापछि इजरायली सरकारले पनि युद्धविराममा सहमति जनाएको छ। इजरायली पक्षले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इजरायलले युद्धविरामको कुनै पनि उल्लंघनको कडा जवाफ दिनेछ।” इरानले यसअघि नै सार्वजनिक रूपमा इजरायलले आक्रमण रोके आफू पनि युद्धविरामका लागि तयार रहेको स्पष्ट पारेको थियो।
ट्रम्पले मंगलबार बिहानै युद्धविराम हुन सक्ने संकेत दिएका थिए, र अब त्यो घोषणा सार्वजनिक भइसकेको छ। यसले हालै तनावग्रस्त बनेको इरान–इजरायल सम्बन्ध केही हदसम्म शान्त हुने आशा गरिएको छ।