ट्रेंडिंग:

>> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा

भिजिट भिसा प्रकरण: समितिलाई ९ वटा कार्यादेश तोकियो

१० असार २०८२, मंगलवार
१० असार २०८२, मंगलवार

काठमाडौँ।

गृहमन्त्रालयले भिजिट भिसा प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ। मंगलबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री रमेश लेखकले समितिले ९ वटा स्पष्ट कार्यदेश प्राप्त गरेको जानकारी गराए।

सोमबार राति मन्त्रिपरिषद्ले पूर्वमुख्यसचिव शंकरदास वैरागीको संयोजकत्वमा सम्बन्धित मन्त्रालयका सहसचिव सदस्य रहने गरी समिति गठन गरेको थियो। मन्त्री लेखकले समितिले प्रस्तुत गर्ने प्रतिवेदनलाई आधार मानेर आवश्यक कारबाही अघि बढाइने पनि बताएका छन्।

समितिले पाउने ९ कार्यदेश यसप्रकार छन्:

१. विदेश जाने र आउने यात्रुको सहजीकरण, विशेषगरी भिजिट भिसा सम्बन्धी समस्या समाधानका लागि नीति, कानुन र संरचनामा सुधार गर्ने दीर्घकालीन र तत्कालीन योजना बनाउने।
२. प्रचलित ऐन, नियमावली र मापदण्डमा आवश्यक संशोधनको मस्यौदा तयार गर्ने।
३. संरचनागत सुधार र कर्मचारी व्यवस्थापनमा सुधारका लागि सुझाव प्रस्तुत गर्ने।
४. सम्बन्धित निकायहरू बीच समन्वय र सहकार्यका लागि सुधार प्रस्ताव गर्ने।
५. अन्तर्राष्ट्रिय असल अभ्यासको अध्ययन गरी नेपालमा लागू गर्न सकिने उपायहरू सुझाउने।
६. अवैध बसाइ र अन्य भिसा सम्बन्धी समस्याको रोकथामका लागि अध्ययन गरी उपाय सुझाउने।
७. प्रविधिमैत्री र छरितो सेवा प्रवाहका लागि सुधारका सुझाव दिने।
८. सरोकारवाला निकायहरूको भूमिका व्यवस्थित गर्न सुझाव दिने।
९. आवतजावत अभिलेख सुरक्षित राख्न आवश्यक उपायहरू सुझाउने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?