ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

लुम्बिनी बजेट : भौतिक पूर्वाधार मन्त्री ढकालले पारे आफ्नै वडामा ६ करोड

९ असार २०८२, सोमबार
९ असार २०८२, सोमबार

बुटवल, ९ असार ।

आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि लुम्बिनी प्रदेश सरकारले सार्वजनिक गरेको बजेटले तीव्र विरोध र असन्तुष्टि निम्त्याएको छ । विशेषगरी भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालको स्वार्थ अनुकूलका योजनाले बढी प्राथमिकता पाएको भन्दै कतिपयले उनको भूमिकाप्रति प्रश्न उठाएका छन् ।

मन्त्री ढकालको मन्त्रालयले सबैभन्दा ठूलो बजेट ९ अर्ब ९२ करोड वजेट पाएको छ । तर यो बजेट सन्तुलित रूपमा वितरण नभएपछि विवादास्पद बनेको हो । उनले विशेष गरी आफ्नो मन्त्रालय र अन्य मन्त्रालयको बजेट आफ्नैँ निर्वाचन क्षेत्रमा केन्द्रित गरेका छन् ।रुपन्देही ५ (१) को एउटै वडामै ६ करोड ७५ लाख बजेट वितरण भएको छ । सो वडा मन्त्री ढकालको आफ्नै वडा हो ।

लुम्बिनी प्रदेश सरकारले ५ लाख मुनिका टुक्रे योजनाहरु अहिलेको बजेटमा समाबेश नगर्ने निर्णय गरेको थियो । तर आफैले गरेको निर्णय सरकार आफैले लत्याएर वितरण मुखी बजेट ल्याएको छ । मन्त्री ढकालले पनि पूर्वधारको क्षेत्रमा कनिका छरे जस्तै गरी बजेट छरेको भन्दै आलोचना भएको छ । बजेटमा ५ लाख मुनिका अधिकांश योजनाहरु राखिएको छ । बजेट पुस्तिकामा ४ लाख, ३ लाखका योजनाहरु पनि उल्लेख छन् । सत्तापक्षका सांसदहरु ढकालको यस्तो प्रवत्तिले व्यक्तिको नैतिकता खडेर लागेको विश्लेषण गर्छन् । अर्कोतर्फ, लुम्बिनीका अन्य थुप्रै सांसदका निर्वाचन क्षेत्रमा बजेट शुन्यप्रायः छ । जसले गर्दा समग्र बजेट वितरण प्रक्रिया नै विवादमा तानिएको छ ।

जनप्रतिनिधिको हैसियतमा सम्पूर्ण प्रदेशको हितमा बजेट ल्याउनु पर्नेमा ढकालले ‘आफ्नै वडामा र निर्वाचन क्षेत्रमा बजेटको थुप्रो लगाएर बाँकी प्रदेशलाई उपेक्षा गरेको’ आरोप सार्वजनिक वृत्तमा लगाइएको छ । रुपन्देहीका स्थानीय सन्दीप शर्मा भन्छन्, “यो बजेटले सरकार चलाउनेहरुले नागरिकलाई अपमान गरेको पुष्टि हुन्छ भने जनताको कर संकलन गरेर एक क्षेत्र विशेषमा केन्द्रित गर्नु सरकार सत्ता र राजस्वको दुरुपयोग हो ।” टोलटोलमा राजनीतिक प्रतिशोधका आधारमा बजेट काटिएको देखिएको छ । यस्तो प्रवृत्तिले सरकारप्रति जनताको विश्वास गुमेको शर्मा बताउँछन ।

प्रदेश सरकारले ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ भन्ने नारासहित बजेट प्रस्तुत गरे पनि बजेट वितरणको असमानताले उक्त नारामाथि नै प्रश्न उठेको छ । प्रतिपक्षी मात्रै हैन सत्तापक्षबाट पनि यो बजेटलाई ‘राजस्वको दुरुपयोग र चुनावी स्वार्थपूर्तिको माध्यम’ मात्र बनाएको आरोप लगाएका छन् ।

बजेटमा देखिएको यसरी स्पष्ट राजनीतिक पूर्वाग्रह र एकतर्फी प्राथमिकताले दिगो आर्थिक विकास, सामाजिक समावेशीकरण, सुशासन र नागरिक समृद्धिको दीर्घकालीन सोचलाई नै चुनौती दिएको विश्लेषकहरूको टिप्पणी छ ।

यस विषयमा प्रतिक्रिया लिन खोज्दा मन्त्री ढकाललाई फोन सम्पर्कको प्रयास गरेपनि स्वीच अफ भएकाले सम्पर्क हुन सकेन । त्यस्तै उनका स्वकीय सचिवले पनि पटकपटक फोन सम्पर्क गर्दा फोन काटेकाले सम्पर्क हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?