Butwal Today

धनगढीमा ताल्चा लगाएको कोठाभित्र युवती मृत फेला

९ असार २०८२, सोमबार
अ+
अ-

धनगढी, असार ९ गते ।

धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा बाहिरबाट ताल्चा लगाएको कोठामा सोमबार बिहान एक युवती मृत भेटिएकी छिन् ।

डेरा गरेर बस्दै आएकी पुनर्वास नगरपालिका–११ अमरबस्तीकी ३० वर्षीया रेणु चौधरी ताल्चा लगाएको कोठामा मृत भेटिएकी हुन् ।

घटनाको प्रकृति शङ्कास्पद देखिएकाले घटनास्थललाई सिल गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताए ।