Butwal Today

घरको छानो खसेर ६० वर्षीय पुरुषको मृत्यु

९ असार २०८२, सोमबार
अ+
अ-

चन्द्राैटा, ९ असार । 

कपिलवस्तुमा घरको छानो खस्दा ६० वर्षीय पुरुषको मृत्यु  भएको छ । विजयनगर गाउँपालिका-३, जगदीशपुरमा आइतबार राति उनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार ६० वर्षीय दुर्गा प्रसाद काफ्ले घरभित्रै सुतिरहेको बेला रातभर परेको अविरल वर्षाका कारण घरको छाप्रो अचानक भत्किँदा उनको च्यापिएर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुग्दा काफ्ले मृत अवस्थामा फेला परेका थिए । शवलाई पोस्टमार्टमका लागि बहादुरगञ्ज अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको चन्दकाे भनाइ छ ।