© २०२३
काठमाडौं, ९ असार।
बंगलादेशमा आयोजना हुने साफ यू-२० महिला फुटबल च्याम्पियनसिपका लागि नेपाली महिला फुटबल टोलीको घोषणा गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार २३ सदस्यीय नेपाली टोली सार्वजनिक गरेको हो। टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी यमप्रसाद गुरुङले सम्हाल्नेछन्।
साफ यू-२० महिला च्याम्पियनसिप आउँदो जुलाई ११ देखि २२ सम्म बंगलादेशमा हुँदैछ। प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, श्रीलंका र भुटान सहभागी हुनेछन्।
नेपाली टोलीमा लिला जोशी, करुणा बुढाथोकी, सुजाता तामाङ, सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बू, सिमरन राई, झुमा विश्वकर्मा, गंगा रोकाया, अनिशा राई, सीता रोकाया, कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्सना चौधरी, सेनु परियार, कुसुम खतिवडा, सुक्रिया मिया, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगरले स्थान पाएका छन्।
युवा खेलाडीहरूले भरिएको यो टोलीले नेपालको प्रतिनिधित्व गर्दै उपाधिको होडमा प्रतिस्पर्धा गर्नेछ। एन्फाले टोलीको तयारी र रणनीति सुदृढ बनाउँदै च्याम्पियनसिपमा प्रभावकारी प्रदर्शन गर्ने अपेक्षा राखेको छ।