Butwal Today

लुम्बिनी, बागमती र मधेश प्रदेशका केही ठाउँमा भारी वर्षाः दिउँसो मुसलधारे पानी पर्ने सम्भावना

९ असार २०८२, सोमबार
अ+
अ-

काठमाण्डौ ।

लुम्बिनी, बागमती, मधेश र कोशी प्रदेशका केही ठाउँमा बिहानैदेखि ठूलो पानी परेको छ ।

पाल्पा, प्यूठान, नवलपरासी, चितवन, बारा, रौतहट, इलाम लगायतका ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

रुपन्देही भएर बहने नदी खोला तथा बाराको लालबकैया खोला लगायत अरु ससाना खोलामा आकश्मिक बहाव बढ्न सक्ने भएकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस्तै अर्घाखाँचीको राङसिङ खोला लगायत अरु साना खोला र कपिलवस्तुको सुरई खोला लगायत अरु साना खोला आसपासमा पनि सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

यस्तै इलामको माईखोला, चिसापानी जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको तथा बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी तथा राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक, दुई ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।