ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

बाढी पहिरोको समस्या र समाधानका उपाय

९ असार २०८२, सोमबार
९ असार २०८२, सोमबार

बाढी तथा पहिरो नेपालको सन्दर्भमा एक गम्भीर प्राकृतिक प्रकोप हो । यसले हरेक वर्ष जनधनको ठूलो क्षति पु¥याउने गर्छ । नेपालको भौगोलिक बनावट, अव्यवस्थित बस्ती, वन विनाश, जलवायु परिवर्तन र कमजोर पूर्व तयारीका कारण यी विपद् झनै भयावह बन्न पुगेका छन् । प्रस्तुत लेखमा नेपालमा बाढी तथा पहिरोका कारणहरू, यसका प्रभावहरू, प्रमुख प्रभावित क्षेत्रहरू र यसको व्यवस्थापन तथा न्यूनीकरणका उपायहरू विस्तृत रूपमा चर्चा गरिएको छ ।

१. बाढी र पहिरोका कारणहरू
नेपालमा बाढी र पहिरोका कारणहरूलाई प्राकृतिक र मानवीय गरी दुई मुख्य वर्गमा विभाजन गर्न सकिन्छ ।
क. प्राकृतिक कारणहरूः

अत्यधिक वर्षा (मौसमी मनसुन): नेपालमा मनसुनको समयमा (असारदेखि भदौसम्म) अत्यधिक वर्षा हुने गर्दछ । छोटो समयमा हुने भारी वर्षाले जमिनको माथिल्लो सतहको पानी सोस्ने क्षमता भन्दा बढी पानी जम्मा भई बाढी र पहिरो निम्त्याउँछ । पहाडी क्षेत्रमा तीव्र वर्षाले माटोलाई कमजोर बनाउँछ र गुरुत्वाकर्षण बलले गर्दा पहिरो खस्ने सम्भावना बढ्छ । तराईमा नदीहरूको जलस्तर बढेर बाढीको समस्या उत्पन्न हुन्छ ।

भूगर्भीय अस्थिरताः  नेपाल भूकम्पीय जोखिमको उच्च क्षेत्रमा पर्छ । प्लेट टेक्टोनिक्सका कारण हिमालय क्षेत्रको भूगर्भीय संरचना निरन्तर चलायमान रहन्छ । साना भूकम्प र भूगर्भीय चलायमानताले चट्टान तथा माटोको संरचना कमजोर बनाउँछ, जसले गर्दा पहिरोको जोखिम बढ्छ । विशेषगरी, चुरे र महाभारत क्षेत्रमा कमजोर चट्टानहरू तथा भिरालो जमिन भएकाले यो समस्या झन् विकराल छ ।

कमजोर भू–संरचनाः चुरे पर्वत शृङ्खला नरम र कमजोर चट्टानहरूले बनेको छ, जुन पानीले सजिलै कटान गर्न सक्छ । यो क्षेत्र भूक्षय र पहिरोको लागि उच्च जोखिममा छ । त्यस्तै, महाभारत शृङ्खलाको भिरालो जमिन र भूगर्भीय अस्थिरताले पनि पहिरोको जोखिम बढाउँछ । यी क्षेत्रमा हुने तीव्र कटानले तराईका नदीहरूमा बालुवा र गेग्रान थुपार्छ, जसले गर्दा नदीको गहिराइ कम भई बाढीको जोखिम बढ्छ ।

ख.मानवीय कारणहरूः
जथाभावी सडक निर्माणः नेपालमा ग्रामीण सडकहरूको निर्माणमा वातावरणीय अध्ययन र भूगर्भीय अवस्थाको उचित मूल्याङ्कन नगरी जथाभावी तरिकाले ट्रयाक खोलिन्छ । यसरी डोजर प्रयोग गरी खनिएका सडकले माटोको स्थिरतालाई बिगार्छ, पानीको बहावको प्राकृतिक मार्गलाई अवरुद्ध गर्छ र पहिरोको जोखिम बढाउँछ । विशेषगरी भिरालो जमिनमा बिना योजना खनिएका सडकहरूले वर्षायाममा ठूला पहिरो निम्त्याउने गरेका छन् ।

वैज्ञानिक खेती र जंगल फडानीः पहाडी क्षेत्रमा अवैज्ञानिक तरिकाले गरिने खेती, जस्तैः भिरालो जमिनमा सिँढी खेती नगरी सोझै खनजोत गर्दा माटोको उपल्लो सतह सजिलै बगाउँछ । त्यस्तै बढ्दो जनसंख्या र विकास निर्माणका लागि वनजङ्गलको विनाशले माटोको पकड कमजोर बनाउँछ । रुखका जराले माटोलाई बलियो बनाउने भएकाले वन जङ्गलको विनासले भूक्षय र पहिरोको जोखिम बढाउँछ । दाउराको लागि, पशुपालनको लागि र खेती विस्तारको लागि गरिने वन फडानीले प्राकृतिक सन्तुलनमा नकारात्मक असर पारेको छ ।

नदी तटमा अव्यवस्थित बसोबासः तराई तथा भित्री मधेसमा नदीको किनारामा अव्यवस्थित बस्तीहरू बसोबास गर्ने प्रवृत्ति छ । नदीको बहाव क्षेत्रमा घर बनाउँदा बाढीको समयमा उच्च जोखिममा पर्दछन् । नदीको प्राकृतिक मार्ग अवरुद्ध हुँदा वा नदीको बहाव क्षमता कम हुँदा बाढीको प्रकोप झन् भयावह बन्छ । त्यस्तै, नदी किनारमा गरिने ढुङ्गा, गिट्टी र बालुवाको अनियन्त्रित उत्खननले नदीको तटबन्ध कमजोर बनाउँछ र बाढीको जोखिम बढाउँछ ।

जलवायु परिवर्तनका कारण असामान्य वर्षाः विश्वव्यापी जलवायु परिवर्तनको असर नेपालमा पनि देखिएको छ । पछिल्ला वर्षहरूमा लामो समय खडेरी पर्ने र एकैचोटी छोटो समयमा अत्यधिक वर्षा हुने क्रम बढेको छ । यसरी असामान्य रूपमा हुने भारी वर्षाले जमिनमा पानीको चाप बढाउँछ, जसले बाढी र पहिरो निम्त्याउँछ । जलवायु परिवर्तनका कारण हिमाल पग्लिने दर पनि बढेको छ, जसले नदीहरूको जलस्तरमा अस्थिरता ल्याउँछ र तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम बढाउँछ ।

२) बाढी तथा पहिरोबाट हुने प्रभावहरू
बाढी तथा पहिरोका बहुआयामिक प्रभावहरू हुन्छन्, जसले मानवीय, आर्थिक र पर्यावरणीय क्षेत्रमा ठूलो क्षति पु¥याउँछ ।

क. मानवीय प्रभावः

मानव मृत्यु र घाइतेः बाढी र पहिरोको सबैभन्दा भयावह प्रभाव मानव जीवनको क्षति हो । बाढीले बगाएर वा पहिरोले पुरिएर हरेक वर्ष सयौं मानिसले ज्यान गुमाउँछन् । घाइते हुनेको संख्या पनि ठूलो हुन्छ, जसलाई तत्काल उपचार र दीर्घकालीन स्वास्थ्य सेवाको आवश्यकता पर्छ ।

घरबार गुमाउने अवस्थाः हजारौं परिवार बाढी र पहिरोका कारण घरबारविहीन हुन्छन् । उनीहरूको सम्पत्ति, खाद्यान्न र लुगाफाटा सबै नष्ट हुन्छ । यसले उनीहरूलाई विस्थापित भई अस्थायी शिविर वा आश्रयस्थलमा बस्न, बाध्य बनाउँछ । बालबालिका, वृद्ध र अपांगता भएका व्यक्तिहरू बढी जोखिममा हुने गरेका छन । यी समूहका व्यक्तिहरू विपद्को समयमा बढी जोखिममा हुन्छन् । बालबालिकालाई उद्धार गर्न कठिनाइ हुन्छ । वृद्ध वृद्धालाई सुरक्षित स्थानमा सार्न समस्या हुन्छ, र अपांगता भएका व्यक्तिहरूलाई विशेष सहयोगको आवश्यकता पर्छ । उनीहरूलाई तत्काल उद्धार र राहत सामग्री पु¥याउन चुनौती हुन्छ ।

मनोसामाजिक असरः विपद्का कारण बाँचेका मानिसहरूमा दीर्घकालीन मनोसामाजिक असरहरू देखिन सक्छ । घरबार गुमाउनु, आफन्त गुमाउनु र भयानक घटनाको साक्षी बन्नुले मानसिक तनाव, डिप्रेसन र अन्य मनोवैज्ञानिक समस्याहरू निम्त्याउन सक्छ ।

ख. आर्थिक प्रभावः
कृषि, पशुपालन र पूर्वाधारको क्षतिः नेपालको अर्थतन्त्र कृषिमा आधारित छ । बाढीले हजारौं हेक्टर खेतीयोग्य जमिन डुबानमा पर्छ, बालीनाली नष्ट हुन्छ र पशुधन बगाउँछ । यसले किसानहरूलाई ठूलो आर्थिक क्षति पु¥याउँछ । त्यस्तै, सडक, पुल, सिँचाइ नहर, विद्यालय र स्वास्थ्य चौकीजस्ता महत्वपूर्ण पूर्वाधारहरू बाढी र पहिरोले ध्वस्त पार्छ, जसको पुनःनिर्माणमा ठूलो धनराशी खर्च हुन्छ ।

सडक, पुल र सिँचाइ नष्टः पहाडी क्षेत्रमा पहिरोले सडक अवरुद्ध हुन्छ, जसले यातायात र आपूर्तिमा बाधा पु¥याउँछ। पुलहरू भत्किएर सम्पर्कविच्छेद हुन्छ । सिँचाइ नहरहरू नष्ट हुँदा कृषि उत्पादनमा नकारात्मक असर पर्छ ।
राहत र पुनःनिर्माणमा खर्चः विपद्पछि सरकारले तत्काल राहत वितरण र दीर्घकालीन पुनःनिर्माणमा ठूलो बजेट विनियोजन गर्नुपर्छ । यसले देशको आर्थिक विकासका लागि छुट्याइएको बजेटमा कटौती हुन सक्छ, जसले समग्र आर्थिक वृद्धिदरमा नकारात्मक असर पार्छ ।

ग. पर्यावरणीय प्रभावः
जमिन कटान र मलिलो माटो बगाउनेः बाढी र पहिरोले जमिनको तीव्र कटान गर्छ, जसले गर्दा मलिलो माटो बगाउँछ र भूमिको उत्पादकत्व घटाउँछ । यसले कृषि उत्पादनमा दीर्घकालीन असर पार्छ ।वन विनाश र जैविक विविधता घटाउनेः ठूला पहिरोले वन जङ्गलको ठूलो क्षेत्र नष्ट गर्छ, जसले गर्दा वन विनाश हुन्छ । यसले स्थानीय जैविक विविधतामा नकारात्मक असर पार्छ र वन्यजन्तुको वासस्थानमा क्षति पु¥याउँछ ।

नदी प्रणालीमा परिवर्तनः बाढीले नदीको बहाव परिवर्तन गर्न सक्छ, जसले नयाँ बाढी जोखिम क्षेत्रहरू सिर्जना गर्न सक्छ । नदीमा बालुवा र गेग्रान थुपारिँदा नदीको गहिराइ कम हुन्छ र बहाव क्षमता घट्छ ।

३. नेपालका प्रमुख बाढी–पहिरो प्रभावित क्षेत्रहरू
नेपालको भौगोलिक विविधताका कारण बाढी र पहिरोको जोखिम फरक–फरक क्षेत्रमा फरक–फरक तरिकाले देखापर्छ ।

पूर्वी र पश्चिमी चुरे क्षेत्रः चुरे क्षेत्र भूगर्भीय रूपमा कमजोर भएकाले यहाँ पहिरो र भूक्षयको समस्या उच्च छ । भारी वर्षामा यो क्षेत्रमा ठूला पहिरोहरू खस्छन् र यसले तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम बढाउँछ । पूर्वी नेपालको सुनसरी, उदयपुर, सिराहा र पश्चिमी नेपालको कैलाली, कञ्चनपुर, डडेल्धुराका चुरे क्षेत्रहरू उच्च जोखिममा छन् । मध्यपहाडी जिल्ला (सिन्धुपाल्चोक, गोरखा, लमजुङ, स्याङ्जा, म्याग्दी, बाग्लुङ)ः यी जिल्लाहरूमा भिरालो जमिन, भूगर्भीय अस्थिरता र अव्यवस्थित सडक निर्माणका कारण पहिरोको जोखिम उच्च छ । विशेषगरी मनसुनको समयमा यी क्षेत्रमा ठूला पहिरोहरू खस्छन् जसले मानवीय क्षति र पूर्वाधारमा ठूलो नोक्सानी पु¥याउँछ । सिन्धुपाल्चोक, म्याग्दी र बाग्लुङमा हरेक वर्ष ठूला पहिरोका घटना दोहोरिरहन्छन् ।तराईका बाढी प्रभावित जिल्ला (सिराहा, सप्तरी, बारा, पर्सा, रौतहट, सर्लाही, झापा, मोरङ, सुनसरी, नवलपरासी, कपिलवस्तु, बाँके, बर्दिया): तराई क्षेत्रमा नदीहरूको किनारमा अव्यवस्थित बस्ती र समथर भूभाग भएकाले बाढीको जोखिम उच्च छ । पहाडबाट बगेर आउने नदीहरूले तराईमा जलस्तर बढाउँछन् र नदी नियन्त्रणका उपायहरू कमजोर हुँदा बाढीले ठूलो क्षति पु¥याउँछ । कोशी, नारायणी, राप्ती, कर्णाली लगायतका ठूला नदीहरू र उनका सहायक नदीहरूले तराईमा बाढीको समस्या निम्त्याउँछन् ।

४. व्यवस्थापन र न्यूनीकरणका उपायहरू
बाढी र पहिरोको क्षति न्यूनीकरण गर्नका लागि पूर्व तयारी, दीर्घकालीन उपायहरू, र राहत तथा पुनःस्थापनाका कार्यक्रमहरू आवश्यक छन् ।

क. पूर्वतयारीः
जोखिम क्षेत्रको पहिचान र नक्साङ्कनः विपद् जोखिममा रहेका क्षेत्रहरूको विस्तृत अध्ययन गरी नक्साङ्कन गर्नुपर्छ । यसले कुन क्षेत्रमा कस्तो प्रकारको जोखिम छ भन्ने स्पष्ट पार्छ र सोही अनुसारका पूर्व तयारीका कार्यक्रमहरू बनाउन सकिन्छ । चेतनामूलक कार्यक्रम र तालिमः समुदायस्तरमा बाढी र पहिरोबाट बच्ने उपायहरू, विपद्को समयमा के गर्ने र के नगर्ने भन्ने बारेमा चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । विद्यालयहरूमा विपद् जोखिम न्यूनीकरणका बारेमा पाठ्यक्रममा समावेश गर्नुपर्छ । स्थानीय समुदायका सदस्यहरूलाई प्राथमिक उपचार, उद्धार र खोज कार्यको तालिम दिनुपर्छ ।

मौसम पूर्वानुमान प्रणाली सुधारः मौसम विज्ञान विभागको क्षमता अभिवृद्धि गरी सटीक र समयमै मौसम पूर्वानुमान उपलब्ध गराउनुपर्छ । बाढीको पूर्वसूचना प्रणालीलाई सुदृढ गर्नुपर्छ ताकि जोखिममा रहेका क्षेत्रका मानिसहरूलाई समयमै सूचित गर्न सकियोस् । स्वचालित मौसम स्टेशन र जलस्तर मापन केन्द्रहरूको स्थापना र विस्तार गर्नुपर्छ ।

ख. दीर्घकालीन उपायहरूः
हरित क्षेत्र संरक्षण (वनरोपण): वन जङ्गलको संरक्षण र व्यापक वनरोपणले भूक्षय र पहिरो नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्छ । भिरालो जमिनमा बिरुवा रोप्दा माटोको पकड बलियो हुन्छ र पानीको बहाव नियन्त्रण हुन्छ । वृक्षारोपणका कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ र सामुदायिक वनको अवधारणालाई थप सशक्त बनाउनुपर्छ ।
नदी नियन्त्रण संरचना (ड्याम, तटबन्ध): तराई क्षेत्रमा बाढी नियन्त्रणका लागि नदीहरूमा ड्याम र तटबन्ध निर्माण गर्नुपर्छ । यसले नदीको पानीको बहावलाई नियन्त्रणमा राख्न र बस्तीहरूलाई सुरक्षित राख्न मद्दत गर्छ । तटबन्धहरूको नियमित मर्मतसम्भार र स्तरोन्नति गर्नुपर्छ ।

सुरक्षित आवास निर्माणः जोखिम क्षेत्रमा अव्यवस्थित बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्छ । नयाँ आवास निर्माण गर्दा भूकम्प प्रतिरोधी र पहिरोबाट सुरक्षित स्थानमा गर्नुपर्छ। भवन संहिताको कडाइका साथ पालना गराउनुपर्छ ।
समुदायमा विपद् व्यवस्थापन समिति गठनः स्थानीयस्तरमा विपद् व्यवस्थापन समितिहरू गठन गरी तिनीहरूलाई सशक्त बनाउनुपर्छ । यी समितिहरूले विपद्को पूर्वतयारी, तत्काल उद्धार र राहत कार्यमा महत्त्वपूर्ण भूमिका खेल्छन् ।
वैज्ञानिक सडक निर्माणः सडक निर्माण गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन गरी भूगर्भीय अवस्थाको अध्ययन गर्नुपर्छ । इन्जिनियरिङ मापदण्ड अपनाएर सडक निर्माण गर्नुपर्छ ताकि पहिरोको जोखिम कम होस् । कटान नियन्त्रणका लागि ग्याबियन वाल, बायो–इन्जिनियरिङ प्रविधि प्रयोग गर्नुपर्छ ।

भू–संरक्षणका उपायहरूः भिरालो जमिनमा टेरेसिङ, कन्टुरीङ र चेक ड्याम निर्माण जस्ता भू–संरक्षणका उपायहरू अपनाउनुपर्छ । यसले पानीको बहावलाई नियन्त्रण गरी माटोको कटान कम गर्छ ।

राहत तथा पुनःस्थापनाः
तत्काल उद्धार र खाद्यान्न सहायताः विपद्पछि तत्काल उद्धार कार्य सञ्चालन गरी फसेका मानिसहरूलाई सुरक्षित स्थानमा पु¥याउनुपर्छ । प्रभावित परिवारलाई तत्काल खाद्यान्न, पिउने पानी, औषधि र अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउनुपर्छ ।

अस्थायी आवास व्यवस्थाः घरबारविहीन भएका परिवारका लागि अस्थायी शिविर वा आश्रयस्थलको व्यवस्था गर्नुपर्छ । यी शिविरहरूमा सरसफाइ र स्वास्थ्यको उचित प्रबन्ध मिलाउनुपर्छ ।

सामाजिक सुरक्षाका कार्यक्रमः विपद्बाट प्रभावित परिवारहरूलाई सामाजिक सुरक्षाका कार्यक्रमहरू जस्तैः आयआर्जनका अवसरहरू प्रदान गर्ने, मनोवैज्ञानिक परामर्श सेवा प्रदान गर्ने र बालबालिकाको शिक्षालाई निरन्तरता दिने व्यवस्था गर्नुपर्छ। पुनः निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउनु पर्छ ।

५. निष्कर्ष
नेपालजस्तो पहाडी र उकालो–ओरालो भूगोल भएको मुलुकमा बाढी र पहिरोबाट हुने जोखिम दीर्घकालीन रणनीति र जनसहभागिताको माध्यमबाट मात्र न्यूनीकरण गर्न सकिन्छ । सुरक्षित निर्माण, पूर्व सूचना प्रणालीको सशक्तिकरण र समुदायस्तरको सशक्त सहभागिता बाढी–पहिरोको क्षति घटाउने आधार हुन् । जलवायु परिवर्तनका कारण बढ्दो विपद्को जोखिमलाई मध्यनजर गर्दै एकीकृत र समन्वयात्मक रूपमा विपद् व्यवस्थापनका कार्यक्रमहरू सञ्चालन गर्नु अपरिहार्य छ । सरकार, गैरसरकारी संस्था, निजी क्षेत्र र समुदायको सामूहिक प्रयासबाट मात्र हामी नेपाललाई बाढी र पहिरोजस्ता प्राकृतिक प्रकोपबाट सुरक्षित राख्न सक्छौं । दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न र सुरक्षित नेपाल निर्माण गर्नका लागि विपद् जोखिम न्यूनीकरणलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?