© २०२३
तिलोत्तमा, ९ असार ।
पामिर इन्टरनेशनल एकेडमीमा अध्ययनरत विद्यार्थीहरुका लागि निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ ।
विद्यालयमा अध्ययनरत कक्षा एकदेखि १० सम्मका विद्यार्थीहरुका लागि निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको विद्यालयका प्राचार्य गोपाल गौतमले जानकारी दिए ।
शिविरमा श्रीकृष्ण नेत्रालय प्रालिका चिकित्सक तथा स्वास्थ्यकर्मीले विद्यार्थीहरुको आँखा परीक्षण गरेको उनले बताए । सोमबारदेखि सुरु भएको आँखा परीक्षण शिविर मंगलबारसम्म चल्ने विद्यालयले जनाएको छ ।
विद्यार्थीहरुको आँखामा हुन सक्ने समस्या, पुर्व सावधानीका उपाय र आँखा सुरक्षामा ध्यान दिन अपनाउनुपर्ने तरिकाका बारेमा समेत विद्यार्थीहरुलाई सचेतना जगाउन यस्तो शिविर गरिएको प्राचार्य गौतमले जानकारी दिए ।
