ट्रेंडिंग:

>> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन

गुल्मी दरबारमा दुई दर्जन भन्दा धेरै  किसानलाई सम्मान 

९ असार २०८२, सोमबार
९ असार २०८२, सोमबार

गुल्मी, ०९ असार ।

गुल्मी दरबार गाउँपालिकाले कृषि र पशुपालनको क्षेत्रमा काम गर्ने  दुई दर्जन भन्दा धेरै  किसानहरूलाई सम्मान गरेको छ । उत्कृष्ट कृषकहरूलाई गाउँपालिका अध्यक्ष सरोज कुमार थापा, उपाध्यक्ष तारा थापा ढेगा तथा प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेले सम्मान गरेका थिए । अध्यक्ष उत्कृष्ट सम्मानबाट वडा नं १ का व्यावसायिक तरकारी कृषक तुल बहादुर थापा र पशुपालक खिमलाल अर्याललाई सम्मान गरिएको छ । त्यसै गरी वडा नं. २ बाट दुर्गा बहादुर राना, वडा नं. ३ बाट भिम कुमारी भुसाल, वडा नं. ४ बाट माया रजाली र विकास रजालीलाई सम्मान गरिएको छ ।

त्यस्तै वडा नं. ५ बाट मेघ बहादुर ढेंगा, वडा नं. ६ बाट खुम बहादुर तङनामी, अनिता रास्कोटी, वडा नं. ७ बाट कुल बहादुर खड्कालाई सम्मान गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत नवराज घिमिरेले जानकारी दिए ।     अध्यक्ष उत्कृष्ट कृषक सम्मानबाट १० जनालाई नगद १४ हजार रुपियाँसहित सम्मान गरिएको हो । त्यस्तै दुग्ध उत्पादनमा आधारित अनुदानबाट ३९ जना कृषकलाई सम्मान गरिएको छ । गुल्मी दरबार गाउँपालिका–३ का मेघ बहादुर घिमिरे सबैभन्दा बढी अनुदानसहित सम्मानित भए । उनले २२ वटा मुर्रा भैँसी पाल्नु भएको छ ।

उनले  अहिले दैनिक ९० लिटर दुध बिक्री गर्नुभएको छ । घिमिरले ३२ हजार ८५० रुपियाँ नगद प्राप्त गरेको प्रशासकीय अधिकृत घिमिरेले बताए ।   त्यस्तै गुल्मीदरवार–५ की सिता कुवंरले २४ हजार र दामोदर गौतमले १४ हजार ४०० रुपियाँ अनुदानसहित सम्मान प्राप्त गरे । गाउँपालिकाले छ महिनामा दुध उत्पादनको आधारमा प्रतिलिटर एक रुपियाँ अनुदानको व्यवस्था गरेको थियो ।

उत्पादनमा आधारित अनुदानबाट तीन जना सम्मानित भएका छन् । गाउँपालिकाले भिण्डी, टमाटर र आलुमा प्रतिकिलो ३ र बोडीमा प्रतिकिलो ५ रुपियाँ अनुदान व्यवस्था गरेको थियो । जसमा आलुतर्फ गुल्मीदरवार गाउँपालिका–३ का मेघ बहादुर घिमिरे, टमाटरमा गुल्मीदरवार गाउँपालिका–४ का नविन कुमार रजाली र बोडी र भिण्डी तर्फ गुल्मीदरवार गाउँपालिका–४ का क्रृषिराम अर्याललाई नगदसहित सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेले जानकारी दिए ।

उनले आगामी दिनमा अझैबढि ऊर्जाका साथ कृषि कर्ममा लाग्न सम्मानित कृषकहरूलाई आग्रह गरे । गाउँपालिका उपाध्यक्ष तारा थापाले कृषि र पशुपालनबाटै समृद्धि सम्भव भएकाले आफूहरू सधैँ कृषकको पक्षमा रहेको बताइन् । उत्कृष्ट कृषकहरूलाई सम्मान गर्दै    गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाले गाउँपालिकालाई मासु र दूधमा आत्मनिर्भर हुने बाटोतर्फ लैजान आग्रह गरे । उनले आशा गरे अनुसारका सबै काम गर्न नसके पनि कृषि र पशुपालनमा व्यावसायिक ऊर्जा बढ्दै गएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?