Butwal Today

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सर्‍यो

९ असार २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

नेपाली कांग्रेसले असार १५ गतेका लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठक सारिएको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै बैठक अब असार १६ गते बस्ने जानकारी दिएका हुन्।

विज्ञप्तिमा उल्लेख अनुसार, केन्द्रीय कार्यसमिति बैठक असार १६ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्नेछ। बैठक स्थगनको कारण भने उल्लेख गरिएको छैन।

यस बैठकमा पार्टीभित्रका समसामयिक विषय, सरकारको मूल्याङ्कन, आगामी रणनीति तथा संगठनात्मक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?