ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

राप्ती सोनारीमा किसानलाई सीप दिँदै उत्प्रेरित गर्दै

९ असार २०८२, सोमबार
९ असार २०८२, सोमबार

नेपालगन्ज, ०९ असार ।

जिल्लाको राप्ती सोनारी गाउँपालिकाको कृषि तथा पशु शाखाले एक वर्षभित्र सञ्चालन गरेका दर्जनौँ कार्यक्रमले गाउँका सयौँ कृषकलाई प्रत्यक्ष रूपमा लाभ पु¥याएको छ । सीमित बजेटमा प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्दै गाउँपालिकाले कृषिमा आत्मनिर्भरता र पशुपालनमा उत्पादन वृद्धि गर्ने दिगो प्रयास थालेको हो । कृषि शाखा प्रमुख चन्द्रा कुमारी शाहीका अनुसार चालु आर्थिक वर्षमा मात्र कृषि शाखाबाट कृषक लक्षित १५ बढी कार्यक्रम सञ्चालन गरिएको छ । ६ लाख रुपैयाँको बजेटमा ९ वटै वडाका २२५ जना कृषकलाई एक दिने जैविक विषादी प्रयोग तालिम दिइएको थियो । तालिमपछि विषादी सञ्चित गर्न विशेष ड्रम समेत वितरण गरिएको थियो । यस कार्यक्रमबाट ९२० जना कृषक लाभान्वित भए ।

त्यस्तै, २ लाख रुपैयाँ बजेटमा सञ्चालित कृषक पाठशाला कार्यक्रम अन्तर्गत वडा नं. २ राजपुरमा आलु तथा वडा नं. ४ लालपुरमा बोडी खेतीमा व्यवहारिक तालिम दिइएको थियो । कृषक पाठशालाले खेतमा काम गर्दै सिक्ने पद्धतिबाट कृषकको सीप र आत्मविश्वास बढाएको स्थानीयले बताएका छन् ।

माटो परीक्षणदेखि बीउ अनुदान:
गाउँपालिकाले १ करोड रुपैयाँ बजेटमा माटो व्यवस्थापन कार्यक्रम सञ्चालन गरेको छ । कम्पोस्ट मल, प्राङ्गारिक मल, बर्मी मल उत्पादन, एजोला प्रविधि जस्ता विषयमा तालिम दिइएको कार्यक्रमअन्तर्गत ५ स्थानमा माटो परीक्षण शिविर सञ्चालन गरियो । ३६१ जना कृषक प्रत्यक्ष लाभान्वित भएका छन् ।गहुँ र धानको उन्नत बीउ वितरण कार्यक्रमअन्तर्गत १ करोड ७५ हजार रुपैयाँ बजेटमा ९ वटै वडाका १३५० घरधुरीलाई बीउ वितरण गरियो । यस कार्यक्रमबाट ६ हजार ७५० जनालाई प्रत्यक्ष लाभ पुगेको छ । कृषकहरूले बीउको गुणस्तर राम्रो भएको र उत्पादन बढेको प्रतिक्रिया दिएका छन् ।

यान्त्रिकीकरण र सिँचाइ विस्तार:
कृषिमा यान्त्रिक प्रविधि भित्र्याउने उद्देश्यले वडा नं. १ मा ७ लाख रुपैयाँको कृषि यान्त्रिकीकरण कार्यक्रम सञ्चालन गरिएको छ । पावर टिलर खरिद प्रक्रियामा छ र वितरणपछि कृषकको जोत्ने काम सहज हुने अपेक्षा गरिएको छ ।
सिँचाइ सुविधा विस्तार गर्न गाउँपालिकाले ३ करोड रुपैयाँको बजेटमा ३ वटा कुलो निर्माण, ९२ वटा सिँचाइ मोटर र १६ वटा बोरिङ वितरण प्रक्रिया अघि बढाएको छ । कार्यक्रम कार्यान्वयन भएपछि २५० घरधुरीका १ हजार १५५ जना कृषक लाभान्वित हुनेछन् ।मांगमा आधारित प्रविधि तथा उपकरण वितरण कार्यक्रम अन्तर्गत ११ जना कृषकले मिनी टिलर, मकै थ्रेसर, तेल पेल्ने मेशिनको लागि प्रस्ताव दिएका छन् । बजेट विनियोजन र खरिद प्रक्रिया अघि बढिसकेको शाखा प्रमुख शाहीले जानकारी दिइन् । त्यस्तै, ४ लाख रुपैयाँको कृषि बिमा कार्यक्रम र ५ लाख ९८ हजारको प्राङ्गारिक विकास कार्यक्रम तथा बगर खेती कार्यक्रममा भने कुनै प्रस्ताव नपरेका कारण कार्यक्रम अघि बढ्न सकेन ।

किसान कार्ड वितरण र सूचीकरण:
कृषकको परिचय र सेवा पहुँच विस्तार गर्न १ लाख रुपैयाँ खर्चेर किसान कार्ड छपाइ गरिएको छ । हालसम्म ३२०० घरधुरीका लागि छापिएको कार्ड सम्बन्धित वडामा पठाइसकिएको छ। किसान सूचीकरण कार्यक्रम अन्तर्गत ५ वडामा ६ हजार घरधुरीमा गणकले विवरण सङ्कलन गरिसकेका छन् । कृषि तथा पशुपालन सेवाको योजना निर्माणमा सूचीकरणले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

पशुपालनमा पनि उत्तिकै ध्यान:
पशु शाखा प्रमुख जय बहादुर कार्कीका अनुसार गाउँपालिकाले ७ हजार ९२८ किसानलाई हिउँदे र वर्षे घाँसको बीउ वितरण गरेको छ । जय, बर्सिम, सुडान र मकै चरी प्रजातिका घाँस वितरण गरेर पशुको आहार आपूर्ति सहज बनाइएको छ ।त्यस्तै, २३ जनालाई साइलिज बनाउने तीन दिने तालिम दिइएको थियो । ४ वटा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ जसबाट ३२२ घरधुरीका हाँस, कुखुरा, बाख्रा, भैँसी र गाईको स्वास्थ्य परीक्षण गरिएको थियो ।९ वटै वडामा पशुपक्षीका लागि निःशुल्क औषधि वितरण गरिएको छ । गाई, भैँसीका लागि एचएस बीक्यू, बाख्रामा पीपीआर र बङ्गुरमा स्वाइन फिभरजस्ता रोगविरुद्धको खोप दिइएको छ । पशु सुत्केरी भत्ता कार्यक्रम अन्तर्गत हाल ५ जना कृषकको नाम सिफारिस भइसकेको छ । प्रत्येकलाई २ हजार रुपैयाँ बराबरको सहायता (एक हजार नगद, एक हजार औषधि र भिटामिन) उपलब्ध गराइनेछ ।

संरचना र उपकरणमा लगानी:
गौशाला संरचना निर्माण कार्यक्रम अन्तर्गत वडा नं. २, ४ र ७ मा १२ लाख रुपैयाँको बजेटमध्ये १० लाखको काम सम्पन्न भइसकेको छ । कृषकले जमिनमा फर्स ग्यारे, तारबार र टहरा निर्माण जस्ता काम गरिरहेका छन् । त्यस्तै, ५० प्रतिशत अनुदानमा ३२ जना कृषकलाई इलेक्ट्रिक च्याफ कटर मेशिन वितरण गरिएको छ । मत्स्य विकास कार्यक्रम अन्तर्गत ३, ४, ६ र ७ नम्बर वडाका चार जनालाई पोखरी पुनर्निर्माणमा अनुदान दिइएको छ ।विश्व रेविज दिवसमा २५० वटा सामुदायिक कुकुरलाई खोप दिइएको छ । पशु तथा कृषि तथ्याङ्क अद्यावधिक, कृत्रिम गर्भाधान, इपिडिमियोलोजी रिपोर्ट सङ्कलन, किसान परिचयपत्र वितरण तयारी पनि गाउँपालिकाले अघि बढाएको छ । हाल गाउँपालिकाका ९ वटै वडामा एक÷एक जना र पालिकास्तरमा ५ जना गरी १४ जना पशु प्राविधिक कार्यरत छन् ।

किसान भन्छन्:
राप्ती सोनारी ३ साइपुरका पञ्चराम थारु विगत १५ वर्षदेखि व्यावसायिक भैँसी पालन गर्दै आएका छन् । हाल उनीसँग ३२ वटा भैँसी छन्, जसमा ७ वटा दुहुनो छन् । दैनिक ४५ लिटर दूध उत्पादन हुने र स्थानीय बजार अगैयामा बिक्री हुने गरेको उनी बताउँछन् ।

पञ्चराम भन्छन्, “भैँसी बिरामी हुँदा वडाका प्राविधिकलाई बोलाउँछु, औषधि पनि वडाबाटै पाउँछु । पहिले जस्तो सहर जानु पर्दैन।“ उनले यसअघि गाउँपालिकाको अनुदानबाट थप दुईवटा भैँसी किनेका थिए । उनका अनुसार गोबर मलको प्रयोगले खेतबारीको उर्वरता बढेको छ र रासायनिक मलको प्रयोग घटेको छ ।

जनप्रतिनिधिको दृष्टिकोण
गाउँपालिका कार्यपालिका सदस्य राधिका सुनारका अनुसार, कृषिमा खहरे खोलाको व्यवस्थापन गरेर सिँचाइमा सहज बनाइएको छ । गोठ सुधार कार्यक्रम ५० प्रतिशत अनुदानमा सञ्चालन भइरहेको र हालसम्म १२ जना कृषक छनोट भइसकेका छन् । ७ लिटरभन्दा बढी दूध उत्पादन गर्ने कृषकलाई दूध क्यान वितरण गरिएको पनि उनले बताइन् ।
आर्थिक विकास समिति संयोजक एवं वडा नं. ३ का अध्यक्ष मिन कुमार चौधरीले गाउँपालिकाले दुर्गम क्षेत्रका कृषकलाई प्राथमिकता दिँदै आएको बताए । उनले भने, “हामी गुर्दन, गौडी, भौवा नाकाका किसानसम्म पशु स्वास्थ्य शिविर लिएर पुगिरहेका छौं ।’’ चौधरीका अनुसार आगामी वर्ष आलु, मकै र तरकारीका लागि ब्लक÷पकेट क्षेत्र घोषणा गरेर अनुदान र प्रविधि प्रवर्द्धन गरिने योजना बनाइएको छ । राप्ती सोनारी गाउँपालिकाले कृषि र पशुपालन क्षेत्रलाई समेटेर सञ्चालन गरेका कार्यक्रमहरूले कृषकको जीवनशैली, उत्पादन क्षमता र आर्थिक अवस्था सुधारमा उल्लेखनीय योगदान पु¥याएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?