Butwal Today

बुधबार एमाले सचिवालय बैठक बोलाइयो

८ असार २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

नेकपा एमालेले ११ असार बुधबारका लागि सचिवालय बैठक बोलाएको छ। पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, महासचिव शंकर पोखरेल स्वदेश फर्किएपछि बैठकसम्बन्धी थप निर्णयहरू लिइनेछ। विधान महाधिवेशनको तयारीमा जुटिरहेको एमालेका लागि यस बैठक निकै महत्वपूर्ण मानिएको छ।

गौतमका अनुसार सचिवालय बैठकको मुख्य एजेन्डा नै विधान महाधिवेशन हुनेछ। एमालेले आगामी २० देखि २२ भदौसम्म विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। त्यसलाई सफल बनाउन आवश्यक तयारी, कार्यतालिका, र अन्य सांगठनिक विषयमा सचिवालय बैठकले स्पष्ट दिशा निर्देश गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?