ट्रेंडिंग:

>> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न

प्रेस सेन्टरद्वारा गुल्मीका सबै पालिकामा सुझाव पेस

८ असार २०८२, आइतबार
८ असार २०८२, आइतबार

गुल्मी, ०८ असार ।

प्रेस सेन्टर नेपाल, जिल्ला शाखा गुल्मीले जिल्लाका सबै पालिकामा सुझाव पेस गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटमा सञ्चारकर्मी एवं सञ्चार माध्यमका विभिन्न हितका माग राख्दै पालिकामा सुझाव पत्र पेस गरिएको हो । जिल्लाको रुरुक्षेत्र, धुर्कोट, छत्रकोट, रेसुङ्गा र गुल्मीदरबारमा भौतिक रूपमै उपस्थित भएर सुझाव पत्र प्रदान गरिएको थियो भने अन्य पालिकामा इमेलमार्फत सुझाव पत्र पेस गरिएको सङ्गठनका जिल्ला अध्यक्ष हुमाकान्त पोखरेलले जानकारी दिए ।

पालिकाले सञ्चार नीति ल्याउने र त्यसमा पालिका एवं जिल्लाका सञ्चार माध्यमको विवरण सङ्कलन, आर्थिक स्थिति, कर्मचारी सङ्ख्या, सञ्चार माध्यमको प्रभावकारिता लगायतका विषय अध्ययन गर्ने र त्यसको आधारमा कार्यविधि बनाई अनुदानका कार्यक्रम सञ्चालन गर्नुपर्ने सेन्टरको सुझाव रहेको छ ।  सुझावमा गुल्मी जिल्लालाई आधार बनाएर सञ्चालन भइरहेका अनलाइनलाई समेत समेट्न आग्रह गरिएको छ । जिल्लामा स्नातक र स्नातकोत्तर अध्ययन गर्ने पत्रकारहरूलाई छात्रबृत्तीको व्यवस्था गर्नुपर्ने, स्थानीय पत्रकारहरूको निःशुल्क स्वास्थ्य र दुर्घटना बिमा गरिदिनुपर्ने, सञ्चार माध्यमको हकमा चट्याङ, हावाहुरी तथा प्राकृतिक विपत्तिबाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सञ्चार माध्यमको सम्पत्ति बिमा गर्न सेन्टरले सुझाव दिएको छ ।

त्यसै गरी सञ्चार माध्यमलाई उपकरण खरिदमा अनुदानको व्यवस्था, विज्ञापन तथा सूचनाको लागि पालिकाभित्र सञ्चालन भएका मिडियालाई पहिलो प्राथमिकता, पालिकाले प्रत्येक चौमासिक रूपमा पत्रकार सम्मेलनमार्फत कार्यसम्पादन विवरण सार्वजनिक गर्नुपर्ने उल्लेख गरिएको छ । सञ्चार क्षेत्रमा विनियोजन भएको बजेट अन्य क्षेत्रमा खर्च गर्न नहुने एवं पत्रकारहरूको क्षमता अभिवृद्धिको लागि क्षमता विकाससम्बन्धी तालिमहरू सञ्चालन गर्नुपर्ने लगायतका सुझाव प्रेस सेन्टर गुल्मीले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?