© २०२३
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले सत्तापक्षले आफुहरुको कुरा नसुनेकाले सत्तापक्ष सांसदले बोल्दा आफुहरुले सदन बहिष्कार गरेको बताएका छन् ।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकमीसंग कुरा गर्दै प्रवक्ता झाले विरोधकाबीच आफुहरुले अन्य सवै सांसदको कुरा सुनेको तर सत्तापक्ष सांसदले बोल्न थालेपछि आफुहरुले बैठक बहिष्कार गरेको बताए ।
सत्तापक्षले रास्वपाले उठाएका बिषयलाई नसुनेसम्म उनीहरुको कुरा नसुन्ने उनको भनाइ छ । उनले सरकारले दुई तिहाईको दम्भ देखाउदै लुटेर राज्य चलाई रहन्छौं भन्ने किसिमको जवाफ दिइ राखेको उल्लेख गरे ।
उहाले सरकारले ल्याएको बजेटप्रति समेत रास्वपाको असन्तुष्टि रहेको बताए ।