Butwal Today

तीनकुने घटनाको जिम्मेवारी राज्यले लिनुपर्छ : सांसद राणा

८ असार २०८२, आइतबार
अ+
अ-
काठमाडौँ
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले गत चैत १५ गते भएको घटनालाई जनताले होइन, राज्यकै व्यवहारले निम्त्याएको दाबी गरे।

उनका अनुसार, तीनकुनेमा उत्पन्न तनावपूर्ण अवस्था राज्यको त्रुटिपूर्ण नीति र रवैयाको परिणाम हो। त्यस क्रममा उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पनि बचाउ गरे। प्रसाईँलाई उनले “निमुखा जनताको सेवा गर्न लागिपरेको” व्यक्ति भन्दै समर्थन जनाए।

सांसद राणाले उक्त घटनाको निष्पक्ष छानबिनका लागि विशेष समिति गठन गर्नुपर्ने मागसमेत गरे। उनका अनुसार, घटनाको वास्तविकता सार्वजनिक हुनु जरुरी छ, ताकि राज्यले आफ्ना कमजोरीको समीक्षा गर्न सकोस् र भविष्यमा यस्ता अवस्थाको पुनरावृत्ति नहोस्।