© २०२३
बुटवल, ८ असार ।
अर्घाखाँचीको चिदिकाबाट रुपन्देही आइ बसोबास गर्नेहरुको संस्था चिदिका–रुपन्देही सम्पर्क समाजले बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । समाजकी अध्यक्ष गीता ज्ञवालीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको उदघाटन रक्त सञ्चार केन्द्र प्रमुख राधा ज्ञवालीले गरेकी थिइन् ।
त्यस अवसरमा उनले रक्तदान जस्तो मानवीय कामलाई समाजले अगाडि बढाएकोमा प्रशंसा गरिन् । उनले सामाजिक क्षेत्रमा संस्थालाई अझ बढी सक्रिय बनाइराख्न आग्रह गरिन् ।
रक्तदान कार्यक्रममा १०१ जनाले रक्तदान गरेको अध्यक्ष गीता ज्ञवालीले जानकारी दिइन् । उनले रक्तदान जस्तो मानवीय कार्यलाई समाजले प्रत्येक वर्ष जारी राखेको बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताइन् । उनले रचनात्मक क्रियाकलापमा समाजलाई सधै सक्रिय बनाइराख्न सबैको सहयोग र सुझाव आवश्यक रहेको पनि बताइन् ।

कार्यक्रममा समाजका संस्थापक अध्यक्ष पुरुषोत्तम अर्याल, पूर्व अध्यक्षद्वय केशव राज पन्थी र ईश्वरी ज्ञवाली, सल्लाहकार विनिराम अधिकारी र सुरेन्द्र ज्ञवाली लगायत पनि सहभागी थिए । त्यस अवसरमा पुर्व अध्यक्ष ईश्वरी ज्ञवाली, सल्लाहकार बिनिराम अधिकारीलगायतले रक्तदानको महत्व माथि प्रकाश पार्दै लगायतले रक्तदान जस्तो मानवीय र पवित्र कामलाई समाजले हरेक वर्ष अघि बढाएको र यसबाट रगतको अभावमा बाँचिरहेकाहरुलाई राहत पुगेको बताएका थिए । रक्तदान गर्नेहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
त्यस्तै सचिव हेमनाथ ज्ञवाली र कार्यक्रम संयोजक रामप्रसाद पन्थीले पनि रक्तदान कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिइने प्रतिवद्धता जनाएका थिए ।
समाजले बिरामीको उपचारका लागि सहयोग पु¥याउने उद्देश्यले चिदिकाबासीलाई एम्बुलेन्स समेत प्रदान गरिसकेको छ ।