ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

लुम्बिनी प्रदेश सरकार: बजेट तानातानमा माननीय

जनभावना समेटिएको बजेट पुनः ल्याइएन भने सदन चल्न नदिने सांसदको चेतावनी 
८ असार २०८२, आइतबार
८ असार २०८२, आइतबार

लमही, ०८ असार । 

लुम्बिनी प्रदेश सरकारले असार १ गते गरेको २०८२/०८३ को बजेटमाथि शनिबारदेखि सुरु हुने भनिएको छलफल अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको छ । सनिबार प्रदेश सभाको बैठक बस्न नसकेपछि सो छलफल स्थगित भएको हो । अहिले बजेटमाथि तीव्र विवाद सुरु भएको छ । बजेट बनाउँदा अपनाउनु पर्ने मापदण्ड भन्दा पनि आफू खुसी मन्त्रीले बजेट बनाएको, मन्त्रीहरूले नितान्त आफ्नालाई पोस्ने गरी बजेट ल्याएको भन्दै सत्ता साझेदार दल र प्रतिपक्ष दलले विरोध गरेपछि बजेट घेराबन्दीमा परेको छ । नेपाली काँग्रेसका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले बजेट नितान्त मन्त्रीहरूको मनोमानीमा आएकोले बजेट प्रदेशको हितमा नरहेको बताए ।

प्रदेश सरकारले ल्याएको दोस्रो आवधिक योजनालाई सफल पार्ने गरी नीति तथा कार्यक्रम टेकेर आउनु पर्थ्यो आएन उनले भने । नेपाली काँग्रेसका प्रदेश सभापति अमर बहादुर पुनले एक विज्ञप्ति जारी गरी बजेट नीति तथा कार्यक्रमको विरोध जनाए । उनले सङ्घीय शासन प्रणाली मर्म भावना र लोकतन्त्रबाट विकासको भावना तथा लुम्बिनी प्रदेशको समग्र विकास न्यायोचित आवश्यकता भन्दा विपरीत रहेको बताए ।

लुम्बिनी प्रदेशका सबै क्षेत्र, भूगोलको आवश्यकता तथा न्यायोचित, सन्तुलित, समानुपातिक र समावेशी विपरीत बजेट विनियोजन भएको, राजनैतिक राज्य शक्तिको दुरुपयोग गरिएको, निजी स्वार्थ पहुँचवालाको वर्चस्व रहेको भन्दै विरोध जनाएको छ । त्यस्तैगरि प्रदेशको दूरगामी असर पार्ने, विषयगत निकाय तथा शाखाबाट प्रक्रिया पुराएर आएका भन्दा नेतृत्वको स्वविवेकबाट आएका, टुक्रे योजनामा प्राथमिकता दिएको विज्ञप्तिमा उल्लेख छ ।

लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोगबहादुर महराले प्रदेश सरकारले ल्याएको बजेटप्रति कडा असन्तुष्टि जनाउँदै त्यसलाई फिर्ता गर्न माग गरेका छन् । उनले नीति तथा कार्यक्रममा आधारित मात्र नभै तीन तहको समन्वय नभएको, स्थानीय तहहरूबाट आएका माग सम्बोधन नभै चरम राज्यसत्ताको दुरुपयोग गरेको बताए ।

प्रदेश सरकारका मन्त्रीहरूले व्यक्तिगत स्वार्थ र निकटका व्यक्तिलाई लाभ पुग्ने गरी मनोमानी तरिकाले बजेट निर्माण गरेको आरोप लगाउँदै नेता महराले त्यसरी ल्याइएको ‘रातो किताब’ (बजेट किताब) जनताको भावना विपरीत भएको बताए । “बजेटको नाममा मन्त्रीहरूले मनपरी गरेका छन् । आफन्त र कार्यकर्तालाई पोस्ने, व्यक्तिगत चासो बोकेको योजनालाई प्राथमिकता दिइएको छ,” महराले भने, “यसरी ल्याइएको बजेट हामी स्वीकार गर्दैनौँ । यस्तो रातो किताब फिर्ता गरियोस् ।”

उनले बजेट पुनः जनताको आवश्यकता, प्रदेशको समग्र हित र समावेशी विकासको दृष्टिकोणमा आधारित भएर पुनर्लेखन हुनुपर्ने माग गरे । “यदि जनभावना समेटिएको बजेट पुनः ल्याइएन भने सदन चल्न दिने छैनौँ,” महराले चेतावनी दिए ।
संसदीय दलको बैठकपश्चात् पत्रकारहरूसँग कुरा गर्दै उनले प्रदेश सरकारले बजेट ल्याउँदा प्रमुख प्रतिपक्षी दलसहित अन्य दलको राय, सुझाव र आवश्यक सल्लाहसमेत बेवास्ता गरेको उल्लेख गरे । उनको भनाइ अनुसार अहिलेको बजेट ‘सत्तापक्षको एकल निर्णय’ मा आधारित छ र त्यसमा ‘प्रदेशको साझा विकास दृष्टिकोण’ प्रतिबिम्बित छैन ।

यता, प्रदेश सरकारका प्रवक्ता दिनेश पन्थीले भने बजेट ‘सबै क्षेत्र समेट्ने’ गरी ल्याइएको दाबी गर्दै बजेटमा देखिएको असन्तुष्टि छलफलमार्फत समाधान गरिने प्रतिक्रिया दिएका छन् । गत असार १ गते प्रदेश सरकारले ३८ अरब ९० करोड बजेट सार्वजनिक गरेको हो । बजेटमा कृषि, उद्यम र पर्यटनलाई प्राथमिकता दिएको जनाएको छ । यता, प्रदेश सरकारका प्रवक्ता दिनेश पन्थीले भने बजेट ‘सबै क्षेत्र समेट्ने’ गरी ल्याइएको दाबी गर्दै बजेटमा देखिएको असन्तुष्टि छलफलमार्फत समाधान गरिने प्रतिक्रिया दिएका छन् । गत असार १ गते प्रदेश सरकारले ३८ अर्ब ९० करोड बजेट सार्वजनिक गरेको हो । बजेटमा कृषि, उद्यम र पर्यटनलाई प्राथमिकता दिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?