ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

रासायनिक मलको प्रयोग बढ्दै: घट्दै घरेलु मलको प्रयोग

८ असार २०८२, आइतबार
८ असार २०८२, आइतबार

पाल्पा ।

खेती लगाउने मुख्य समयमा रासायनिक मल पर्याप्त मात्रामा पाउन नसकिएको कृषकहरूको गुनासो आउँदा रासायनिक मलको आधिकारिक बिक्रेता कृषि सामाग्री कम्पनीले मलको समस्या नहुने दाबी गरेको छ । कृषकको माग अनुरूप स्थानीय निकायको माग अनुरूप सहकारी मार्फत युरिया, डिएपी र पोटास मल वितरण भएको कृषि सामाग्री कम्पनीका निमित्त शाखा प्रबन्धक सन्त बहादुर नेपालीले बताए । कृषकले अत्यधिक मात्रामा माग गर्ने भनेको युरिया मल हो । धान रोपाई गर्दा मलको समस्या हुँदैन । कृषकको माग अनुरूप प्रदेशले यस जिल्लालाई दिने भनेको २ हजार मेट्रिक टन हो । त्यसले किसानलाई समस्या हुँदैन उनले भने ।

पहिले पहिले रासायनिक मलको विकल्पमा हरियो मल, गोठे मलको प्रयोग हुन्थ्यो ।तर पछिल्लो समयमा पशुपालन गर्ने किसानको सङ्ख्या घट्दै जानु, ग्रामीण बस्ती भन्दा सहरी क्षेत्रमा बसोबास गर्नेको सङ्ख्या बढे सँगै रासायनिक मलको प्रयोग बढेको हो ।
कृषकहरूले रासायनिक मलको प्रयोगलाई बढाउँदै जाँदा खेती योग्य जमिनमा उर्वराशक्ति कमजोर बन्दै गएको स्वयम् किसानहरू बत्ताउँछन् । घरेलु मलको प्रयोग घट्न लागेपछि समयानुसार माटोको उपचार गर्नुपर्ने थियो । त्यस तर्फ स्थानीय सरकारको ध्यान नपुग्दा माटोको अवस्था नाजुक बनेको किसानहरू बत्ताउँछन् ।

सङ्घीय संरचना निमार्ण भएपछि वितरण प्रक्रिया परिवर्तन भएको छ । सहकारी मार्फत वितरण हुने रासायनिक मल स्थानीय सरकारको उपप्रमुख वा उपाध्यक्षको  संयोजकत्वमा गठित समितिले सहकारीलाई सिफारिसको आधारमा वितरण हुने गरेको छ । हाल जिल्लामा ६८ वटा सहकारीले मल वितरण गर्दै आएका छन् ।

रासायनिक मलको बिक्री गर्ने कृषि सामाग्री कम्पनीले कृषि चुनको पनि बिक्री गर्ने भए पनि रासायनिक मलको तुलनामा कृषि चुनको प्रयोग शून्य नै भएको कम्पनीले जनाएको छ । “यसको प्रयोग गर्ने सवालमा किसानले नै महत्त्व नबुझेको हो । यस विषयमा स्थानीय तहमा कार्यरत कृषि प्राविधिकले नै बुझेका छैनन् । कृषकले कसरी प्रयोग गर्ने ।” कृषिविद् हुमनाथ अर्याल बत्ताउँछन् ।

गत आर्थिक वर्षमा प्रदेश सरकारले दिएको लक्ष्य अनुरूप १ हजार १८६ मेट्रिक टन युरिया, ६ सय टन डिएपि र ९७ मेट्रिक टन पोटास मलको खपत भएको थियो । कृषि सामाग्रीको बिक्री बितरण अभिलेख अनुसार आर्थिक वर्ष ०७९र०८० को अवधिमा ४४९ मेट्रिक टन युरिया, २७६ मेट्रिक टन डिएपि र ५० मेट्रिक टन पोटास खपत भएको थियो । त्यस्तै आर्थिक वर्ष ०७८र०७९ मा १ हजार ४१२ मेट्रिक टन युरिया, ५५५ टन डिएपि र ८७ मेट्रिक टन पोटास मल खपत भएको थियो ।

प्रदेश सरकारले यस आर्थिक वर्षमा पनि २ हजार मेट्रिक टन युरिया बिक्रीको लक्ष्य दिएकोमा हालसम्म १ हजार २९१ मेट्रिक टन युरिया, ६३७ मेट्रिक टन डिएपि र ९२ मेट्रिक टन पोटास मल बिक्री भएको छ । मल कृषकको मागको आधारमा पटक पटक गरी भित्रिरहेको कृषि सामाग्री कम्पनीले जनाएको छ । यस वर्ष विगतका वर्षमा भन्दा हप्ता दिन ढिलोगरि मल आउँदा मल पाईदैन की भन्ने त्रास बढेकोले आवश्यकता भन्दा बढी भण्डारण गर्ने परिपाटी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?