ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

डेंगी रोगको सचेतनादेखि खोज–नष्ट अभियानसम्म

८ असार २०८२, आइतबार
८ असार २०८२, आइतबार

बुटवल, ८ असार ।

वर्षायाम सुरु भएसँगै डेगुरोको प्रकोप फैलिन सक्ने संभावना पनि उत्तिकै बढेको छ । त्यस्तै बुटवल उपमहानगरपालिले यसपटक केवल उपचार होइन, पूर्वसावधानी र जनचेतनाका साथ खोज–नष्ट अभियान सम्म संचालन गर्दै छ । तीन दिवसीय उक्त सचेतनामुलक कार्यक्रममा स्वास्थ्य शाखा, विभिन्न सामाजिक संस्था, संचारकर्मी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक शिक्षिकाहरु, विद्यार्थी, आमा समूह, टोल समिति, नगर प्रहरी र स्थानीय नागरिकहरूको उपस्थितमा यो कार्यक्रम गरिएको हो ।

“जव सम्म जनस्तरमा चेतना फैलाउन सकिदैन तव सम्म हामीले यो अभियानलाई सफल बनाउन सक्दैनौं । त्यसैले प्रत्यक्ष सरोकार राख्ने यी समुदायलाई यो अभियानमा समेटिएको हो”– स्वास्थ्य शाखा अधिकृत कल्पना खनालको भनाई छ ।

खोज–नष्ट अभियान अन्तर्गत घर–घरमा स्वास्थ्य स्वयंसेवक खटाइनुका साथै टोल समिति, नगर प्रहरी, विद्यार्थी, शिक्षक, वडा प्रतिनिधि, आमा समुह र विभिन्न संघसंस्थाहरुको सहयोगमा अभियानलाई सार्थकता दिने बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक मिनप्रसाद पोखरेलको भनाई छ । पानी जमेको ठाउँ, प्लास्टिकका भाँडो, गमला, कुलर, पुराना टायर—यी सबैमा लामखुटेका लार्भा भए नभएको निरीक्षण गरिनेछ भने पाइएमा तुरुन्तै नष्ट गरिनेछ ।

डेंगुरोगबाट बच्ने उपाय
विशेषज्ञहरूका अनुसार डेंगु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भनेकै स्रोतको नियन्त्रण हो । अर्थात घरवरपर सरसफाई । हरेक हप्ता घर वरिपरिको पानी जम्ने ठाउँ सफा गर्ने, प्लास्टिकका भाँडाहरू उल्ट्याएर राख्ने, फूलको गमला वा कुलरको पानी बारम्बार फेर्ने, झुलको प्रयोग गर्ने, विशेष गरी बालबालिकाहरुको विशेष ख्याल गर्ने, झुलको प्रयोग गर्ने, लामखुटे भगाउने धुप तथा मलमको प्रयोग गरेमा बच्न सकिन्छ ।

यदि लक्षण देखिएमा ढिला नगरी स्वास्थ्य संस्था जानु पर्छ । डेंगुको लक्षणमा सामान्य ज्वरो, टाउको दुखाइ, आँखाको पछाडिको भाग दुख्ने, मांसपेशी र जोर्नी दुख्ने, र शरीरमा रातो दाग देखिन सक्ने जनस्वास्थ्य शाखा अधिकृत कल्पना भुसालले बताइन ।

सामुदायिक सहभागिता गराउने गरी खोज–नष्ट अभियानमा लागेको बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेको भनाई छ । बुटवल उपमहानगरपालिकाले हरेक वर्षजस्तै यस वर्ष पनि ‘डेंगु खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न लागेको हो । सोही अनुसार बुटवल उपमहानगरभित्रका विद्यालयहरु न्यू होराइजन, नवीन औद्योगिक मा.वि. र क्यानन मा. वि. का विद्यार्थीहरु, बुटवल नगर प्रहरीहरु, सञ्चारकर्मी तथा सरोकारवालाहरुको सहभागितामा डेंगु रोग रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको जनाएको छ ।

अभिमुखीकरणले बुटवलबासीलाई डेंगु रोगबाट बचाउनका लागि सहयोग पुग्ने र यदि कसैलाई यो रोग लागेमा लक्षणहरु कसरी थाहा पाउने ? यसबाट कसरी बच्न सकिन्छ ? त्यसका लागि विशेष ध्यान दिई आफू बस्ने घर वरपरको पानी जम्ने खाल्डाखुल्डी पुरी, रबरका टायर वा अन्य पलाष्टिकका भाडाहरु हटाई सफा राख्न पालिकाले सबैलाई निर्देशन दिएको छ ।

डेंगु रोग सर्ने तरिकाहरु

डेङ्गु एडिस एजिप्टाई नामक लामखुट्टेको टोकाइबाट सर्छ, जसले जिका र चिकन गुनिया जस्ता भाइरस पनि बोक्छ । लामखुट्टेले डेङ्गु ज्वरो भएको व्यक्तिलाई टोक्छ र त्यसपछि अरू कसैलाई टोक्छ, जसले गर्दा उनीहरू संक्रमित हुन्छन् । डेङ्गु एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने रोग होइन तर डेङ्गु गर्भवती महिलाबाट बच्चामा सर्न सक्छ ।

डेङ्गुका प्रारम्भिक लक्षणहरु ३ देखि ७ दिनसम्म रहन्छ । यस पछि धेरै मानिसहरूले ठीक भएको महसुस गर्न थाल्छन्, तर केहीलाई प्राणघातक गम्भीर डेङ्गु हुन्छ जसको लागि चिकित्सा उपचारको आवश्यकता हुन्छ ।

गम्भीर डेङ्गुका लक्षणहरू जीवनको लागि खतरा हो । ज्वरो हटेको २४ देखि ४८ घण्टापछि गम्भीर डेङ्गुको लक्षण देखिन्छ ।

डेङ्गु भाइरसका कारण रक्तनलीहरू क्षतिग्रस्त भएको खण्डमा गम्भीर डेङ्गु हुन्छ । गम्भीर डेङ्गु भएमो रगतमा प्लेटलेट्सको संख्या घट्छ । यसले गर्दा आन्तरिक रक्तस्राव हुनसक्छ र शरीरका अङ्गहरूले काम गर्न छोड्ने र बिरामीको मृत्यु हुने सम्भावना समेत बढाउँछ ।

पेट दुख्नु, लगातार बान्ता हुनु, गिजा वा नाकबाट रक्तस्राव हुनु, दिसा पिसाब वा बान्तामा रगत देखिनु, सास फेर्न गाह्रो हुनु, छिटो थकान हुनु, चिडचिडाहट या बेचैनी हुनु, छालामुनि रक्तस्राव हुनु, जुन छालामा रातो घाउ जस्तो देखिन सक्छ ।

यो रोग सन् १७८० मा भारतको चेन्नाई भन्ने शहरबाट शुरु भएको देखिन्छ । नेपालमा पनि यो रोग भित्रिएको धेरै वर्ष भैसकेको भएपनि २०७२ सालको भुकम्प पछि यसको बढी असर देखा परेको हो । जसमा हालसम्म ७ हजार बढी मानिसहरुको ज्यान गएको छ । डेङ्गी दोस्रो विश्वयुद्धको समयदेखि विश्वव्यापी समस्या बनेको हो । हाल यो रोग विश्वका १ सय १० देशहरूमा व्याप्त छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?