ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

कु पिण्डे तालको विकास र जलाधार संरक्षणका लागि साढे आठ करोड

८ असार २०८२, आइतबार
८ असार २०८२, आइतबार

सल्यान, ०८ असार ।

केन्द्रीय सरकारले समेत प्रमुख पर्यटकीय गन्तव्यको रूपमा छनौट गरेको सल्यानको कु पिण्डे तालको विकास र पर्यटन प्रवर्द्धनका लागि साढे आठ करोड बढी रुपैयाँ लगानी गरिने भएको छ । कर्णाली प्रदेश सरकारले आगामी दुई वर्षभित्र प्रमुख पर्यटकीय गन्तव्य ‘मिनी रारा’ का नामले परिचित कु पिण्डे तालको संरक्षण, व्यवस्थापन तथा पूर्वाधार विकासका लागि साढे आठ करोड बढी बजेट विनियोजन गरेको हो ।

कर्णाली प्रदेश सरकारको वार्षिक विकास कार्यक्रम अन्तर्गत उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट आठ करोड ५९ लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएको छ । कु पिण्डे ताल संरक्षण गुरुयोजना कार्यान्वयनका लागि चार करोड ९९ लाख ५३ हजार र कु पिण्डे दह जलाधार क्षेत्र संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि तीन करोड ६० लाख बजेट विनियोजन भएको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

नगाड कु पिण्डे नगरपालिका वडा नं ८ मा अवस्थित कु पिण्डे ताल प्राकृतिक सौन्दर्य, जैविक विविधता, धार्मिक किम्बदन्ती र मौसमी विशेषताका कारण पर्यटन गन्तव्यको रूपमा परिचित हुँदै आएको छ । ताल सम्म पुग्नका लागि गेट निर्माण, पिकनिक स्थल, टिकट काउन्टरका लागि आवश्यक संरचना तथा मन्दिर एवं शौचालय निर्माणको योजना रहेको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री एवम् सल्यानबाट प्रदेशसभा सदस्य सुरेश अधिकारीले जानकारी दिए ।

उनले भने, “यस अघि तयार भएको गुरुयोजना अनुसार काम गर्नका लागि बजेट व्यवस्था गरिएको हो । यसका साथै माथि तिरबाट दहमा माटो, बालुवा बगेर आएर नभरियोस् भन्नका लागि चेक ड्यामहरू निर्माण गर्ने र दहको पहिलेकै आकारमा भरिएको माटो, बालुवा व्यवस्थापन गर्ने योजना रहेको छ ।” सडक विस्तार तथा संरचना निर्माणको क्रममा माटो ढुङ्गा खस्दा ताल साँघुरिँदै गएको, डिल कटान बढेको र पानीको सतह घट्दै गएको अवस्थामा प्रदेश सरकारले जलाधार क्षेत्र संरक्षणका लागि प्रयास थालेको हो ।

प्राकृतिक सुन्दरताको अनुपम नमुना कु पिण्डे ताल सबैभन्दा उच्च महत्वको पर्यटन गन्तव्यको रूपमा रहेको छ । सल्यान सदरमुकामदेखि करिब १५ किलोमिटर टाढा पर्ने यो ताल असाध्य मनमोहक छ । ३० हेक्टर क्षेत्रफलमा रहेको कु पिण्डे तालको लम्बाई १ हजार २ सय मिटर, चौडाइ २ सय ५० मिटर, गहिराइ ५१ मिटर रहेको छ ।

सत्ययुगमा एक जोगी कु पिण्डे गाउँमा घुम्न आएका बेला रात परेपछि कसैले बास नदिएको र एक बुढी आमाले बास दिएपछि ती जोगीले भोलि बिहानै उठेर डाँडामा गई हेर्नुहोला भनेपछि भोलिपल्ट डाँडामा गई हेर्दा पूरै गाउँ पुरिएर ताल बनेको किम्बदन्ती रहेको छ । बस्ती पुरिएर ताल बनेकाले कहिलेकाहीँ भाले बास्ने, जाँतो पिस्ने आवाज आउने गरेको स्थानीय बताउँछन् । कुपिण्डो आकारको भएकाले कु पिण्डे ताल नामकरण गरिएको स्थानीयको भनाइ छ ।

प्रदेश सरकारले नयाँ आर्थिक वर्षबाट गुरुयोजना कार्यान्वयन तीव्र बनाउने बताएको छ । सरोकारवाला निकायबीच समन्वय, जनप्रतिनिधि र स्थानीय समुदायबिचको सहकार्य र वातावरणीय संवेदनशीलतालाई ध्यान दिएर तालको संरक्षण गरिएमा ‘मिनी रारा’ को उपमा पाएको कु पिण्डे तालको विकासमा नयाँ प्रगति हुने र पर्यटकको सङ्ख्यामा वृद्धि भएर स्थानीय अर्थतन्त्रमा पनि सहयोग पुग्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?