ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर
उजिरसिह रनिङसिल्ड टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०८२

वेष्ट्रनलाई उपाधि

७ असार २०८२, शनिबार
७ असार २०८२, शनिबार

बुटवल, ७ असार । बुटवलमा सम्पन्न उजिरसिह क्रिकेट प्रतियोगिता २०८२ को उपाधि वेष्ट्रन क्रिकेट क्लबले चुमेको छ । बुटवल उपमहानगरपालिकाको सहयोग तथा बुटवल क्रिकेट विकास समितिको आयोजनामा शनिबार भएको फाईनलमा वेष्ट्रनले न्यु होराईजन क्रिकेट क्लबलाई ५ विकेटले पराजित गरेको हो । योसंगै वेष्ट्रनले आफनो उपाधि रक्षा गर्न सफल भएको छ । उपाधिसंगै विजेता वेष्ट्रनले नगद ३५ हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता न्यू होराईजनले नगद १५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । प्रतियोगितामा वेष्ट्रनका अभिषेक गौतम सर्वोत्कृष्ट खेलाडी, न्यु होराईजन क्रिकेट क्लबका निश्चल ज्ञवाली उत्कृष्ट ब्याट्सम्यान, बुटवल युथका लक्ष्मण परियार उत्कृष्ट बलर, उदयमान खेलाडी गोलपार्क क्रिकेट क्लबका १० वर्षिय खेलाडी आशुतोष बोगटी घोषित भए । म्यान अफ दी सिरिज ३५००, कप, मेडल, प्रमाणपत्र, उत्कृष्ट बलर, ब्याट्सम्यानलाई नगद २५०० रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ ।

नरेनापुर क्रिकेट खेलमैदानमा टस जितेर न्यू होराईजनले १७.३ ओभरमा सबै बिकेट गुमाएर १०७ रन बनायो । उसका लागि अमर मिश्राले १६, आरिफ खानले ३०, तुल बहादुर थापाले २५ रन जोडे । कम स्कोरमा रोक्न वेष्ट्रनका अभिष्ोक गौतमले ४, सन्देश थापा, अजयकुमार चौहान र सुप्रिम कंडेलले समान २–२ बिकेट लिए ।
मध्यम लक्ष्य पछ्याएको वेष्ट्रन १४.३ ओभरमा ५ बिकेटको नोक्सानीमा लक्ष्य भेटायो । वेष्ट्रनका ओपनर देव खनालले शानदार अर्धसतकिय पारी खेले । उनले २४ बलमा ५३ रन बनाए । यसैगरि प्रज्वल थापाले २३ रन बनाए । न्यू होराईजनका विप्रसन केसीले २ बिकेट लिए । फाईनल खेलमा अभिषेक गौतम प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

एक समारोहका बिच नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पिया, कार्यक्रममा रुपन्देही क्रिकेट संघका कोषाध्यक्ष निरजप्रताप खाड, लुम्बिनी प्रदेश सदस्य प्रथम पराजुली, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, नगर समितिका सदस्य सरोज सिह, समितिका कावा अध्यक्ष रोमित बज्राचार्य, समितिका संस्थापक अध्यक्ष गंगाराम सुनार, कार्यक्रममा संयोजक राजु राना, सदस्य भुवन पाण्डेले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन ।
कार्यक्रममा नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले स्थानिय सरकार खेलकुद पुर्वाधारमा जोड दिएको बताए । खेलकुदका लागि पुर्वाधारको अभाव रहेको हुदा यसमा जोड दिईएको उनले बताए । नरेनापुर क्रिकेट मैदानको डिपिआरको लागि ५० लाख रुपैया बजेट बिनियोजन गरिएको उनले बताए। खेलकुद विकासकम लागि प्राविधिक पक्षमा समेत जोड दिदै रेफ्रि एम्पायरको तालिम आयोजनाको तयारी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?