ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

रुपन्देही पूर्ण खोप सुनिश्चितता तथा दिगोपन जिल्ला 

७ असार २०८२, शनिबार
७ असार २०८२, शनिबार

भैरहवा, ०७ असार ।

रुपन्देही जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा भएको छ । शुक्रबार एक कार्यक्रमका बिच लुम्बिनी सरकारका स्वास्थ्य मन्त्री खेम बहादुर सारूले रुपन्देहीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरेका हुन् । रुपन्देही जिल्लाका विभिन्न उमेर समूहका ७४ हजार २ सय ५९ जना बालबालिकाले पाउनु पर्ने सम्पूर्ण खोपहरू प्राप्त गरेपछि रुपन्देही आज देखि पूर्ण खोप सुनिश्चित भएको जिल्लाको रूपमा घोषणा भएको हो ।

घोषणा सभामा बोल्दै मन्त्री सारूले स्वास्थ्य क्षेत्रमा उपचारात्मक क्षेत्रमा बढी लगानी भइराख्दा मानसिक र सामाजिक स्वास्थ्यका विषय छुटिरहेको बताए । त्यसैले सामाजिक समृद्धि, सामाजिक र मानसिक स्वास्थ्य र आर्थिक  पाटो सँगै जोडिएर आउने उनको जिकिर छ । “रोगहरूको रोकथाम र निरोधात्मक तरिकामा हामी लगानी बढाउन सक्यौ भने उपचारात्मक पद्धतिमा हामीले धेरै लगानी गर्नै पर्दैन ।” सारूले भने “यसैले रोकथाम र प्रतिरोधको लागि खोप महत्त्वपूर्ण विषय भएकोले बालबालिकालाई रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिने माध्यममा हामीले जोड दिनुपर्छ ।”

उनले रोग लाग्नै नदिनका लागि खोप बलियो र सुनिश्चित माध्यम भएको बताउँदै खोप अभियानलाई दिगोपनाको रूपमा लागु गर्न प्रदेश सरकार लागेको उनले बताए । लुम्बिनी प्रदेशमा स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन आइरहेको बताउँदै उनले जनताको घर नजिकैबाट स्वास्थ्य सेवा पाइरहेको बताए । उनले अहिले नेपालीको औसत आयु ७२ वर्ष पुगेको र मातृ शिशु मृत्युदर पनि क्रमशः कम हुँदै गएको बताए । उनले जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्न स्वास्थ्यकर्मीहरूको अथक प्रयासको सराहना गर्दै यसलाई निरन्तरता दिन पनि आग्रह गरे ।

खोप समन्वय समितिको सदस्य सचिव समेत रहेका स्वास्थ्य कार्यालय रुपन्देहीका कार्यालय प्रमुख चिन्तामणि ज्ञवालीका अनुसार यही वैशाख ३० गते बुटवल उप महानगरपालिका पुर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भए सँगै जिल्लालाई घोषणा गर्न सहज भएको हो । जिल्लामा १५ महिना मुनिका १५ हजार ९ सय ५२ जना बालबालिका, १६ देखि ५९ महिना मुनिका ५७ हजार ८ सय ५२ जना बालबालिका, घरधुरी सर्वेक्षणबाट पाइएका १६ देखि ५९ महिना मुनिका छुटेका ४ सय ४४ जना र अन्य छुटेका ११ जना लाई पूर्ण खोप सुनिश्चितता गरिएको हो ।

२०८१ माघ महिना देखि स्वास्थ्यकर्मीहरू परिचालित भई घरधुरी सर्वेक्षणमा हरेक घरमा पुगी लाइनलिस्टिङ गरी खोप लगाउन छुट भएका र खोपको कुनै पनि मात्रा नलगाएका शून्य डोजका बालबालिकाहरूको पहिचान गरेको उनले बताए । यसरी पहिचान गरी छुटेको खोप चैत, वैशाख र जेठ महिना सम्ममा पुरा गराई सबै बालबालिकालाई पुर्णखोप दिलाई पुर्णखोप सुनिश्चितता तथा दिगोपनाको लागि गर्नुपर्ने सम्पूर्ण प्रक्रियाहरू पुरा गरेको उनले जानकारी दिए ।

रुपन्देहीका १६ वटै पालिकाहरू क्रमैसँग पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि रुपन्देही जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाको लागि मिति २०८२/०२/२२ गते प्रदेश खोप समन्वय समितिमा पत्राचार गरिएको थियो । जिल्लाको भेरिफिकेसन पछि सबै प्रक्रिया पुरा गरेकोले जिल्ला  पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणाको लागि मिति २०८२/०३/२८ मा अनुमति प्राप्त भएको ज्ञवालीले जानकारी दिए ।

घोषणा कार्यक्रममा बोल्दै खोप समन्वय समितिका अध्यक्ष उमाकान्त चपाईले खोपलाई पालिकाका प्रमुख तथा अध्यक्षहरूले प्राथमिकता नदिएको भन्दै गुनासो गरे । “आजको कार्यक्रममा पनि पालिकाका प्रमुख तथा अध्यक्षहरूलाई मैले आफै पत्र काटेर बोलाएको थिए, तर २ जना बाहेक अन्य आउनुभएन ।” चपाईले भने “असहयोग गर्ने पालिकाहरूलाई उनीहरूले घोषणा गरेको रोल क्रम अनुसार पुरस्कृत गरेका छौँ, यसले पनि पालिकाले कति सहयोग गरे भन्ने देखाउँछ ।”
उनले जनघनत्वको दृष्टिले ठुलो जिल्लाको रूपमा रहेको रुपन्देहीलाई पूर्ण खोप सुनिश्चित गर्न धेरै परिश्रम गर्नुपरेको बताए । यसमा स्वास्थ्य शाखाहरूले सहयोग गरे पनि पालिकाका जनप्रतिनिधिले अपनत्व भने नलिएको उनको भनाइ थियो ।

२०३४ सालमा बिफर रोग उन्मुलन भयसँगै नेपालमा तीन वटा जिल्ला (धनुषा, रुपन्देही र सिन्धुपाल्चोक) बाट ४ वटा रोगहरू (क्षयरोग, भ्यागुते रोग, लहरे खोकी र धनुष्टङ्कार) विरुद्ध २ वटा खोप (वि.सी.जी. र डी.पी.टी.) बाट खोप कार्यक्रम सुरु गरिएको थियो । यसपछि मात्र २०४४/२०४५ साल देखि देशभरि नै ६ वटा रोग विरुद्ध नियमित खोप सञ्चालन गरेको पाइन्छ ।

हाल नेपालभर १३ प्रकारका रोगहरू (क्षयरोग, रोटा भाइरसबाट हुने झाडापखाला, पोलियो, स्ट्रेप्टोकोकस निमोनिया, भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटिस वी, मेनिन्जाइटिस, दादुरा, रुवेला, जापनिज ईन्सेफ्लाइटिस र टाइफाइड) विरुद्ध खोपहरू १५ महिना उमेर सम्ममा प्रदान गरिँदै आएको छ । यस्तै गर्भवती महिलाहरूको लागि २ वटा रोगहरू (धनुष्टङ्कार र भ्यागुते रोग) विरुद्ध खोप दिइँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?