Butwal Today

माेटर साईकलकाे ठक्करबाट बृद्धकाे मृत्यु

७ असार २०८२, शनिबार
अ+
अ-
बर्दिया, ७ असार ।
बढैयाताल गाउँपालिका-८ तिलकानास्थित सडकमा कण्ठपुरबाट पचासातर्फ जाँदै गरेको भे.१२ प ४९२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५८ वर्षीया दिलमाया आचार्यको मृत्यु भएको छ ।
बिहीबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल नेपालगंज बाँकेमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।