ट्रेंडिंग:

>> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस

बुद्ध भूमिले प्रस्तुत ग¥यो १ सय १७ बुँदे नीति तथा कार्यक्रम 

७ असार २०८२, शनिबार
७ असार २०८२, शनिबार

कपिलवस्तु, ०७ असार ।

कपिलवस्तु जिल्लाको बुद्ध भूमि नगरपालिकाको आयोजनामा भएको नगरसभाको १७ औँ अधिवेशनको प्रथम बैठकमा नगर प्रमुख केशव कुमार श्रेष्ठले नगरको १ सय १७ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । बहुउद्देश्यीय सभा हल हनुमान चौकमा सम्पन्न नीति कार्यक्रममा नगर प्रमुखले प्रस्तुत गरेको नीतिमा भौतिक पूर्वाधार विकासको क्षेत्र, सार्वजनिक सेवा तथा क्षमता विकास क्षेत्र, आर्थिक विकास क्षेत्र, सामाजिक विकास र वातावरण तथा विपद व्यवस्थापनको विषयमा केन्द्रित रही नीति कार्यक्रम प्रस्तुत गरेका थिए ।

श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको भौतिक पूर्वाधार तर्फ अधुरा सडक योजनाहरूलाई प्राथमिकतामा राखी कार्यान्वयन गर्ने, लागत साझेदारीको कार्यक्रमलाई प्राथमिकता र खरको छानामुक्त अभियानको निरन्तरता दिने जनाएको छ । त्यसै गरी सार्वजनिक सेवा प्रवाह तर्फ काम सम्पन्न भएको ७ दिन भित्र भुक्तानी प्रक्रियाको प्रबन्ध, वित्तीय अनुशासनमा कडाइ, कार्य सम्पादन सम्झौता, भुउपयोग नीति कार्यान्वयन, शून्य बेरुजु नीति कार्यान्वयनका क्रममा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने, छाडा चौपाया व्यवस्थापन र कार्य सम्पादन मुल्याकंनले १७ सूचकले औँल्याएका कार्य गरी उच्चतम अङ्क हासिल गर्ने नगरको नीति रहेको जनाइएको छ ।

आर्थिक विकास तर्फ एक वडा, एक उत्पादन कार्यक्रमलाई प्राथमिकता, सिचाई प्रणालीको सुधार, दूध र मासुमा आत्मनिर्भरता, पशु भ्याक्सिनेशन, माटोको गुणस्तर परीक्षण तथा जैविक कृषि कार्यलाई प्रोत्साहन, लघु उद्यमी प्रोत्साहन, पर्यटकीय पूर्वाधार निर्माण र बाल श्रम मुक्त वडालाई दिगोपना सुनिश्चित गर्ने नगरको योजना छ । सामाजिक विकास तर्फ बालमैत्री नगर घोषणाको आधारभूत सूचक पुरा गर्दै जाने, सडक मानव र बालबालिका मुक्त पालिका बनाउने, १५ शैयाको नगर अस्पताल निर्माण पुरा गरी सञ्चालन, पोषण उपचार केन्द्र बिस्तार र खेलकुदका गतिविधिलाई प्राथमिकता दिने जनाइएको छ ।

नीति तथा कार्यक्रमको वातावरण तथा विपद व्यवस्थापन तर्फ विपद प्रतिकार्य तालिममा सहकार्य, डढेलो नियन्त्रण बारे सचेतना, निजी वन दर्तामा प्रोत्साहनको नीति, वास प्लानलाई पूर्णता दिने, टोल टोलमा मासिक सरसफाइ र खोला खोल्सीको जमिन क्षयीकरण न्यूनीकरणलाई प्राथमिकता दिइने उल्लेख छ । सो क्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले बुडडी, टिक्कर बिजगौरी सडकको निर्माणका लागी सङ्घीय बजेटको समपुरक अनुदानमा लागत साझेदारी गरिएको, बुड्डी ताल व्यवस्थापन गरी पर्यटन प्रवर्द्धन गर्ने र सबै नगर गौरवका योजनालाई क्रमशः कार्यान्वयनमा लगिएको जनाए ।

अधिवेशनमा उपप्रमुख मिरा थारुले प्रस्तुत गरेको विनियोजन विधेयक सभाले पारित गरेको थियो । उपप्रमुख थारुले आगामी आ.व. २०८२/८३ का लागी १ अर्ब २२ करोड २२ लाख ६१ हजारको अनुमानित आय व्ययको विवरण प्रस्तुत गरेकी थिइन । कार्यक्रममा लेखा समितिका संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष गोविन्द प्रसाद आचार्यले अघिल्लो आ.व. को मलेप प्रतिवेदनका आधारमा नगरको आयव्ययको विवरण प्रस्तुत गरी बेरुजु नियन्त्रणमा ध्यान दिनु पर्ने सुझाव दिए । त्यसै गरी विधेयक समितिका संयोजक संदिप कुमार पाण्डेयले नगर सभामा छाडा पशु चौपाया व्यवस्थापन र नियन्त्रण विधेयक २०८२ तथा नदीजन्य पदार्थ व्यवस्थापन विधेयक २०८२ तथा नगरको स्वास्थ्य सेवा ऐन र खानेपानी सरसफाइ ऐनको संशोधन प्रस्ताव पेस गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?