ट्रेंडिंग:

>> दर्शक नजाँदा खल्लो बन्दै तिलोत्तमा महोत्सव >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

दशौ राष्ट्रिय हाप्किडोमा ‘लुम्बिनी च्याम्पियन’

७ असार २०८२, शनिबार
७ असार २०८२, शनिबार

बुटवल, ७ असार । बुटवलमा सम्पन्न दशौ राष्ट्रिय हाप्किडो प्रतियोगितामा लुम्बिनी प्रदेश च्याम्पियन भएको छ । देविनगरस्थित नबिन औद्योगिक माबिमा भएको दोस्रो दिनको खेलमा लुम्बिनी प्रदेशले २१ स्वर्ण, १८ रजत र ३० कास्य पदक जित्दै टिम च्याम्पियन बनेको हो । सुदुरपश्चिम प्रदेश ११ स्वर्ण, ९ रजत र २३ कास्य पदक जित्दै दोस्रो तथा कोशी प्रदेश ११ स्वर्ण, ४ रजत र १२ कास्य जित्दै तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा उदयमान खेलाडीका रुपमा हर्क बहादुर कामी, उत्कृष्ट खेलाडी प्रशन्त श्रेष्ठ (१४), उत्कृष्ट खेलाडी मिग्मा गुरुङ (यु १८), अनुशासित खेलाडीमा हर्क कामी र अंकिता जिएम कोशी तथा उत्कृष्ट रेफ्रि पुरुष बिशाल थापा र महिला रुपा बुढामगर घोषित हुदै पुरस्कृत भए ।

एक समारोहका बिच राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्यले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै ब्यवसायिक खेलकुदमा जोड दिए । अन्तराष्ट्रिय मार्शल आर्टलाई नेपालमा नया स्वरुपमा हाप्किडो भित्राउने कामलाई निरन्तरता दिन जरुरी रहेको उनले बताए । खेलाडी, प्रशिक्षक, खेल संस्थाको पक्षमा राखेप सधै उभिने बताए । विकास र प्रगतिमा आलोचना जरुरी रहने भन्दै उनले उनले बताए । ‘स्कुल टु ओलम्पिक’ को अवधारणा बोकेर राखेप अघि बढको भन्दै उनले खेलाडी र खेल क्षेत्रको विकासमा विद्यालयस्तरको खेलको अग्रसरता जरुरी रहने बताए । यसैगरि आगामी वर्षबाट मदन भण्डारी स्पोर्टस एकेडेमीमार्फत राष्ट्रिय प्रतियोगिता संचालन गरिने उनले प्रतिवद्घता जनाए ।

मार्शल आर्ट खेललाई प्रवद्घन र खेलाडीहरुलाई प्रोत्साहन गर्ने उदेश्यका साथ दशौ संस्करणसम्म कार्यक्रम सम्पन्न भएको नेपाल हाप्किडो संघका संस्थापक तथा अध्यक्ष काली बहादुर घर्तीमगरले बताए । हाप्किडो खेललाई ग्रामिण क्षेत्रमा लगिरहेको उनले बताए । केवल खेलको मात्र नभई समाज र देश बनाउन समेत खेलकुद सहायक हुने उनले बताए । अब विद्यालय च्याम्पियनसिप दाङमा गर्ने तयारीका बारेमा समेत उनले जानकारी दिए । सेल्फ कन्फिडेन्स र सेल्फ डिफेन्स महत्वपुर्ण रहने बताए ।

कार्यक्रममा राखेपका सदस्य हिमाल श्रेष्ठले खेल र खेलाडीको हित हुने गरि निति ल्याउन चाहेको बताए । बजेटमा समेत खेलकुद प्राथमिकतामा परेको भन्दै उनले सरकारको विशेष सोचमा रहेको बताए । बालबालिकाहरुलाई खेलकुदमा अग्रसर गराउन सकेमात्र राष्ट्रिय खेलाडी उत्पादन हुने उनले तर्क दिदै ३ तहकै सरकारको लगानी गर्न सुझाव दिए ।

कार्यक्रममा संघका केन्द्रिय कोषाध्यक्ष विजया वाईवा, नेपाल हाप्किडो संघका केन्द्रिय उपाध्यक्ष देव बहादुर कुवँर, नेपाल खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, वरिष्ठ एथ्लेटिक्स प्रशिक्षक मोहन घलेले लगायतले शुभकामना दिए । प्रतियोगितामा सातै प्रदेशका ५ सय खेलाडीहरुले विभिन्न खेल विधामा भाग लिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?