© २०२३
चितवन,७ असार ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–४ डडुवा भन्ने स्थानमा आज बिहान भएको बस र इभी माइक्रो बसबीचको दुर्घटनामा परी ७ जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन्।
प्रहरीका अनुसार दुर्घटनामा परेका मध्ये पाँच जनाको घटनास्थलमै र थप दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो। मृतकमध्ये हालसम्म दुई जनाको मात्रै पहिचान खुलेको छ। ज्यान गुमाउनेमा मकवानपुरको हटिया–३ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती र हेटौंडा उपमहानगरपालिका–५ की ५३ वर्षीया मैयाकुमारी न्यौपाने रहेका छन्। अन्य मृतकहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेकाको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।