ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

खुसी जीवनका लागि योग

७ असार २०८२, शनिबार
७ असार २०८२, शनिबार

मानव जीवनको मुख्य आकांक्षा भनेको खुशी हो। मानिसले जीवनका हरेक क्रियाकलाप अन्ततः खुशी प्राप्त गर्नकै लागि गर्छ । चाहे त्यो धन आर्जन होस्, सम्बन्ध कायम राख्ने प्रयास होस्, वा धार्मिक कार्यहरूमा संलग्नता—यी सबैको अन्तिम ध्येय आत्मसन्तोष, आनन्द र मनको स्थायित्व नै हो। यद्यपि, वर्तमान जीवनशैलीमा खुशी बाह्य कारणमा निर्भर गरिन्छ—सामाजिक मान्यता, आर्थिक अवस्था, प्रविधिमा पहुँच, र भौतिक उपभोगहरूमा। यस्तो स्थितिमा मानिस क्षणिक तृप्तिको पछि लागिरहेको देखिन्छ, तर गहिरो स्तरमा असन्तुष्ट, चिन्तित, र अस्तव्यस्त देखिन्छ। यसै परिप्रेक्ष्यमा योग एउटा यस्तो सम्पूर्ण अभ्यास हो, जसले बाहिरी होइन, आन्तरिक श्रोतहरूमा आधारित स्थायी खुशीको अनुभव गराउँछ।

विशेषगरी संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि हरेक वर्ष जुन २१ तारिखलाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन थालेपछि यसको विश्वव्यापकता झनै फैलिएको छ। अमेरिका, यूरोप, अस्ट्रेलिया, अफ्रिका र एशियाका अधिकांश मुलुकहरूमा योग केन्द्रहरू खुलेका छन् र विभिन्न समुदायहरूले योगलाई आफ्नो दैनिकी अङ्गकै रुपमा अपनाउन थालेका छन्।

योगको इतिहास हजारौं वर्ष पुरानो छ। भारतको प्राचीन संस्कृतिमा विकसित यो दर्शन र अभ्यास दुवै हो। ‘योग’ शब्द संस्कृतको ‘युज्’ धातुबाट बनेको हो, जसको अर्थ हो—‘जोड्नु’। यहाँ ‘जोड्नु’ को अर्थ शरीर र मनबीचको सम्बन्ध स्थापना गर्नु मात्र होइन, व्यक्तिगत चेतनालाई सार्वभौमिक चेतनासँग जोड्नु पनि हो। ऋग्वेद, उपनिषद, भगवद्गीता, महाभारत, र पतञ्जलि योगसूत्रजस्ता ग्रन्थहरूले योगको विविध स्वरूप र उद्देश्यहरू स्पष्ट रुपमा व्याख्या गरेका छन्। योग केवल शारीरिक व्यायाम होइन; यो जीवन जिउने कला हो। यसको अभ्यासले आत्म–बोध, आत्म–संयम, र आत्म–प्रेमको विकास गराउँछ। जसले जीवनमा गहिरो स्तरको तृप्ति र आनन्द प्रदान गर्छ।

खुशी भन्नाले प्रायः बाह्य तत्त्वहरूसँग जोडिएको अनुभवको रूपमा बुझिन्छ। जस्तो कि, घर किन्नु, नयाँ वस्त्र लगाउनु, पदोन्नति पाउनु वा सफलताका कुनै मूर्त परिणामहरू प्राप्त गर्नु। यद्यपि, यस्ता खुशीहरू प्रायः क्षणिक हुन्छन्, र तिनले दीर्घकालीन मानसिक सन्तुलन दिन सक्दैनन्। त्यसको विपरीत, योगले प्रस्ताव गर्ने खुशी भनेको एक गहिरो, मौन र स्थायी अनुभूति हो। योग अभ्यास गर्दा शरीरमा उत्पन्न हुने जैविक परिवर्तनहरूले पनि यसको पुष्टि गर्छन्। वैज्ञानिक अनुसन्धानहरू अनुसार, नियमित योग अभ्यासले सेरोटोनिन, डोपामिन, एन्डोर्फिन जस्ता रसायनहरू स्राव गराउँछ, जसले मानिसमा आनन्द, तृप्ति र ऊर्जा प्रदान गर्छ। यसका साथै, तनाव उत्पन्न गर्ने कोर्टिसोल हर्मोनको स्तर घट्छ। यसैले, योग केवल मानसिक शान्तिको माध्यम होइन, जैविक स्तरमा पनि खुशी उत्पन्न गराउने साधन हो। आजको व्यस्त जीवनशैलीमा तनाव, चिन्ता, मोटोपन, मधुमेह जस्ता समस्या बढ्दै गइरहेको अवस्थामा योगले मानिसहरूलाई प्राकृतिक र सरल उपायमा जीवन स्वस्थ र सन्तुलित बनाउन प्रेरित गरिरहेको छ। ध्यान, प्राणायाम, आसन र ध्यान केन्द्रित अभ्यासमार्फत मानिसहरू आत्मिक शान्ति र सकारात्मक सोचतर्फ आकर्षित भइरहेका छन्।

योगका विभिन्न प्रकारहरू छन्, जसमध्ये हठ योग, राज योग, कर्म योग, भक्ति योग, र ज्ञान योग प्रमुख छन्। हठ योगले शारीरिक आसन र प्राणायाममार्फत शरीरलाई सबल, लचिलो र स्थिर बनाउँछ। यसले आत्मविश्वास बढाउँछ र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ। राज योग ध्यान, धारणा, र समाधिमा केन्द्रित छ, जसले मनोबल बढाउँछ र मानसिक अस्थिरता घटाउँछ। भक्ति योगले समर्पण, प्रेम र निष्कपट भावनाको विकास गर्छ, जसले मानिसलाई भावनात्मक सन्तुलनमा राख्छ। कर्म योगले निस्वार्थ सेवा र उत्तरदायित्वप्रति इमानदारी सिकाउँछ, जुन साँचो सन्तोषको स्रोत हो। ज्ञान योगले विवेक र आत्मचिन्तनमार्फत भ्रम हटाउने काम गर्छ, जसले मानिसलाई स्थायी सत्यमा आधारित निर्णय लिन मद्दत गर्छ।

आधुनिक विज्ञानले पनि योगको प्रभावलाई पुष्टि गरिसकेको छ। विभिन्न विश्वविद्यालय र अनुसन्धान संस्थाहरू—जस्तै हार्वर्ड मेडिकल स्कुल, स्ट्यानफोर्ड, जन्स हप्किन्स आदि—ले योग र ध्यानको प्रभावमाथि गहिरो अध्ययन गरेका छन्। निष्कर्षहरूमा देखिएको छ कि नियमित ध्यान र योग अभ्यास गर्ने मानिसहरूको तनाव, चिन्ता, क्रोध र डिप्रेसनको स्तर न्यून हुन्छ। उनीहरूमा भावनात्मक स्थिरता, आत्म-स्वीकृति, र जीवन सन्तुलन उच्च पाइन्छ। खास गरी अहिलेको समय, जहाँ सामाजिक मिडिया, अनावश्यक प्रतिस्पर्धा, र मानसिक थकानले मानिसलाई छोपेको छ, त्यहाँ योगले मानिसलाई आफ्नो केन्द्रमा फर्काउने काम गर्छ।

आजको जीवनशैली तीव्र गतिमा अगाडि बढिरहेको छ। यसले मानिसलाई सजग भन्दा पनि प्रतिक्रियाशील बनाइरहेको छ। मानिस जीवन बाँच्दै होइन, दौडिरहेको देखिन्छ। समयको अभाव, नीन्दको कमि, असन्तुलित खानपान, प्रदूषण, सामाजिक दूरी र डिजिटल अशान्तिका कारण मानिसमा मानसिक तनाव बढेको छ। यस्तो स्थितिमा योगले दिने सजगताको अभ्यास—जस्तै कि श्वासको गति प्रति सचेत हुनु, शरीरका विभिन्न अङ्गको प्रतिक्रिया बुझ्नु, र मनका तरङ्गहरूलाई निरीक्षण गर्नु—यिनै सबैले मानिसलाई फेरि जीवनतर्फ फर्काउँछ। यो सजगता नै खुशीको मूल सूत्र हो।

व्यवहारमा योगलाई स्थान दिन चाहने मानिसहरूले नियमित अभ्यासलाई जीवनशैलीमा समावेश गर्नुपर्छ। शुरुवातका लागि हरेक बिहान वा साँझ २० देखि ३० मिनेट समय छुट्याउनु प्रभावकारी हुन्छ। शारीरिक आसनसँगै श्वासको नियमन (प्राणायाम) र ५–१० मिनेट ध्यान अभ्यास गर्दा मन स्थिर हुन थाल्छ। त्यस्तै, खानपानमा पनि सात्त्विक भोजनलाई प्राथमिकता दिनु उपयुक्त हुन्छ। अत्यधिक मांसाहारी, प्रोसेस्ड फुड, वा क्याफिनजन्य पदार्थहरूले मानसिक चञ्चलता बढाउँछन्, जसले खुशीमा अवरोध सिर्जना गर्छ। यथासम्भव प्राकृतिक, शुद्ध र सन्तुलित भोजनले योग अभ्यासमा सहजीकरण ल्याउँछ। साथै, सप्ताहमा कम्तीमा एकचोटि डिजिटल डिटोक्स गरेर—फोन, इन्टरनेट, टेलिभिजन आदिबाट टाढा बसेर आत्मसमीक्षा वा मौन अभ्यास गर्दा मानसिक स्पष्टता बढ्छ।

योग केवल व्यक्तिगत अभ्यास होइन, सामूहिक अभ्यासले पनि फरक पार्छ। योग कक्षा, ध्यान शिविर, वा अनलाइन सेसनमार्फत मानिसले ऊर्जा आदानप्रदान गर्न सक्छन्। यसले अनुशासन बढाउँछ, साझा उद्देश्य सिर्जना गर्छ, र एक–आपसको सहयोगद्वारा सुसंस्कृत योग–समाजको निर्माण गर्छ। विशेषतः बालबालिका, वृद्धवृद्धा र महिलाहरूका लागि योगले शारीरिक र मानसिक स्वास्थ्य सुदृढ पार्ने विशेष भूमिका खेल्दछ। परिवारमा सबै सदस्यले सँगै योग गर्ने अभ्यासले आत्मीयता, समझदारी र परस्पर सम्मानमा वृद्धि ल्याउँछ, जुन पारिवारिक खुशीको प्रमुख आधार हो।

यसरी हेर्दा, योग केवल एक व्यायाम होइन, यो एक जीवनदर्शन हो। यसले मानिसलाई आफ्नो वास्तविक स्वरूप बुझ्न सिकाउँछ। बाह्य तत्त्वहरूले दिने क्षणिक आनन्दभन्दा गहिरो, स्थायी, र आत्म–केन्द्रित खुशीको अनुभव गराउने माध्यम योग हो। जब मानिस शरीर, मन र आत्माको समन्वयमा बाँच्न थाल्छ, तब ऊ साँचो अर्थमा खुशी हुन सक्छ। भौतिक सफलता मात्र होइन, आन्तरिक सन्तुलन प्राप्त गर्न सक्ने मान्छे नै जीवनमा सफल हुन्छ। योग यही सफलता, सन्तुलन र सन्तोषको माध्यम हो।

आजको विश्व जहाँ मानसिक समस्याहरू महामारीझैं फैलिरहेका छन्, त्यहाँ योग एक सार्वभौमिक समाधान बन्न सक्छ। यसले कुनै धर्म, जाति, राष्ट्र वा वर्गको सीमा मान्दैन। योग सबैका लागि हो—बालकदेखि वृद्धसम्म, विद्यार्थीदेखि कर्मचारीसम्म, पुरुषदेखि महिलासम्म। जसले यसलाई मन, श्वास र विचारको माध्यमबाट आत्मसात गर्छ, उसले आफ्नो जीवनमा एउटा नयाँ ऊर्जा, स्पष्टता र प्रसन्नता पाउँछ। अन्ततः, खुशी जीवन केवल चाहनाले होइन—चेतन अभ्यास, अनुशासन र आत्मसाक्षात्कारबाट सम्भव हुन्छ। र त्यसका लागि योग नै सबैभन्दा सरल, सुरक्षित र वैज्ञानिक माध्यम हो। हरि ॐ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?