ट्रेंडिंग:

>> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण

योग प्रति आकर्षण बढ्दो ,योगमय बन्दै बर्दघाट

७ असार २०८२, शनिबार
७ असार २०८२, शनिबार

नवलपरासी ,पश्चिम  ।

नियमित ध्यान र साधनाले स्वस्थ रहनसँगै तनाव व्यवस्थापनमा सहयोग गर्ने भएपछि पछिल्लो समय बर्दघाटमा योग अभ्यासप्रति आकर्षण बढ्दै गएको छ । योग अभ्यास र साधनाले शारीरिक मानसिक स्वास्थ्य राख्नका लागि सकारात्मक सोचको विकास गर्न सहयोग गर्ने भएपछि युवादेखि वृद्ध वृद्धासम्म योग तर्फ आकर्षित भएका छन् ।

मानिसको व्यस्त जीवनमा साधारण व्यायाम गरेर आफूलाई शारीरिक रूपमा स्वस्थ राख्नसँगै तनाव व्यवस्थापनमा सहयोग गर्ने भएपछि विगत ७ वर्ष वर्षदेखि पतञ्जलि योग समिति त्रिनेत्र धाम जिनिरेभारले योग अभ्यास सिकाउँदै आएको योग गुरु नरेश पङ्गेनीले बताए ।

बर्दघाट नगरपालिकाको सहयोग ,त्रिनेत्र ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र को आयोजना , पतञ्जलि योग समिति त्रिनेत्र धाम जिमिरेभार को सहकार्य ५ दिने निःशुल्क वृहत् योग विज्ञान शिविर को आज अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारी समापन गरिएको छ । शिविरमा उल्लेख सहभागिता रहेको थियो ।

बर्दघाट नगरपालिकामा पछिल्लो समय योगको महत्त्व बढेपछि यति बेला सिङ्गो नगर नै योगमय हुँदै गएको छ ।

नियमित योग अभ्यासले अहिले शरीरलाई अर्कै ऊर्जा थपिएको र सबैलाई योग गर्न सुझाव छ बर्दघाट १४ का स्थानीय माधव तिवारीको। बर्दघाट नगरपालिकालाई स्वास्थ्य नगर बनाउने उद्देश्य अनुरूप नगरपालिकाले योगका निम्ति पनि बजेट विनियोजन गरिरहेको नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताए ।

बिहानको समयलाई योग र साधनामा लगाउँदा शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहन सहयोग पुग्ने गरेको भन्दै नगर प्रमुख श्रेष्ठले भने, ‘‘दिनभर आफ्नो काम गरे पनि बिहान केही समय व्यक्तिगत स्वास्थ्यका लागि दिनुपर्छ भन्ने महसुस भएको छ त्यसैले सबैलाई योगमा जोडिन आग्रह गर्छु  ।

नियमित ध्यान र योग गर्नाले शारीरिक स्वास्थ्य र फुर्तिलो बनाउन सहयोग गर्दछ ।’योग र ध्यानले शारीरिक स्फूर्ति सँगै सकारात्मक सोचको विकासमा मद्दत पुग्ने उपप्रमुख रुद्र प्रकाश उपाध्यायले बताए ।

पछिल्लो समय खानपान र जीवनशैलीका कारण प्राय मानिसहरूको शरीर भद्दा हुने, अस्तव्यस्त र अस्वस्थ रहने भएकाले आसन, प्राणायाम र उचित खानपानको माध्यमबाट स्वस्थ रहन योगले सहयोग गर्ने योग साधकहरूका भनाई छ । बदलिँदो जीवनशैली, खानपान, तनाव, कुलतबाट बच्नको लागि समेत योग आवश्यक रहेको देखिन्छ ।

अहिले बर्दघाटका विभिन्न स्थानहरूमा नियमित योग शिविर हरू सञ्चालन हुने गरेका छन् भने योग समितिहरू गठन गरी सबैलाई योग प्रति जोड्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?