नवलपरासी पश्चिम ।
विपद् जोखिम न्यूनिकरण तथा प्रतिकार्य क्षमता अभिवृद्धिका लागि बर्दघाट नगर प्रहरीलाई समुदाय विपद स्वयंसेवक तालिम दिइएको छ ।असार १ गते देखि सुरु भएको तालीम १९ दिन सम्म सञ्चालन हुने छ ।
बर्दघाट नगरपालिकाको आर्थिक सहयोगमा शसस्त्र प्रहरी बल , सिमा सुरक्षा तालिम शिक्षालयले नगर प्रहरीलाई तालिम प्रदान गरिरहेको छ ।तालिमका लागि बर्दघाट नगरपालिकाले सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले जानकारी दिए ।नगर प्रहरीलाई आफ्नो सुरक्षा सँगै नागरिकको सुरक्षामा खट्दा तालिम फलदायी हुने विश्वास लिइएको खनालले बताए ।
नगर प्रमुख शम्भुलाल श्रेष्ठले अहिले वर्षायाम सुरु भयसँगै विभिन्न किसिमका प्राकृतिक विपदजन्य घटनाहरू आइपर्न सक्ने हुँदा नगरपालिकाले तालिमको ब्यवस्था गरिएको बताउनु भयो ।कम जनशक्तिलाई पनि कसरी समुचित प्रयोग गर्न सकिन्छ भन्ने कुरामा जोड दिएर नै तालिम दिइएको उनले बताए ।
तालिममा नगरप्रहरीलाई समुदायमा विपद्का समयमा कर्तव्य बोध सँगै आफू सँगै नागरिक लाई कसरी उद्धार गर्ने, स्थानीय तहमा विपद्का समयमा नगर प्रहरीको भूमिका कस्तो रहने, नागरिकको जिउ धनको सुरक्षा कसरी गर्ने लगायतका अभ्यास सहित सैद्धान्तिक ज्ञान समेत सिकाइने छ ।बर्दघाट नगर प्रहरी प्रमुख पिताम्बर सापकोटाले तालिम निकै व्यवहारिक र उपयोगी भएकाले आगामी दिनमा थप सहज हुने बताए ।