ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

थरौलीबासीमा लालपुर्जाको सपना पुरा हुने आस

७ असार २०८२, शनिबार
७ असार २०८२, शनिबार

चन्द्रौटा, ०७ असार ।

कपिलवस्तुको विजयनगर गाउँपालिका–१, थरौलीका नन्दबहादुर सुनारीको विगत भन्दा बिहीबार आँखामा चमक थियो । उनी यति बेला प्रायः खुसी देखिन्छन् । पाँच दशकको पीडालाई केही समयका लागि ओझेल पार्दै । “अब त पुर्जा पाइएला जस्तो लाग्यो” उनले भने । गाउँपालिकाको पुरानो सुकुम्वासी बस्तीमा एकाबिहानै पुगेको सरकारी नाप जाँच टोलीले बस्तीभर उत्साहको लहर फैलाएको थियो । खेत नभएका, लालपुर्जाबिना बसेका थरौलीका ५० घरधुरीका बासिन्दाका लागि यो दृश्य सपना जस्तै थियो ।

करिब ५० वर्षअघि पूर्व मन्त्री तथा साहित्यकार मोदनाथ प्रश्रितको पहलमा थरौली बस्ती बसालिएको स्थानीय जानकार बताउँछन् । आश्रयको खोजीमा यहाँ आएर बसोबास गरेका सुकुम्वासीहरू दिनहुँ श्रम गर्दागर्दै अब स्थायित्वको बाटोमा उन्मुख भएका छन् । यी बासिन्दाहरूको साझा पीडा एउटै छ “छानो त छ, तर कागज छैन ।” सरकारी कागजपत्र अर्थात् लालपुर्जाविना उनीहरूको अस्तित्व अझै अधुरो छ ।

भूमि समस्या समाधान आयोगले थरौलीमा बिहीबारदेखि नाप जाँच कार्य सुरु गरेपछि यहाँको वातावरण फेरिएको सुरु मगरले बताए । नापी टोलाको आगमनले बस्तीमा चहलपहल मात्र होइन, मनभित्र लामो समयदेखि दबिएको अधिकारको भावना पनि उजागर गरेको उनको भनाइ छ । आयोगका जिल्ला अध्यक्ष झबिलाल पोखरेलले नाप जाँचको उद्घाटन गर्दै भने “भूमिहीनको अधिकार सुनिश्चित गर्न हामी तीव्र रूपमा लागिरहेका छौँ । स्थानीय तहको साथमा काम छिटो अघि बढ्छ ।” यता गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बस्तीमै पुगेर लालपुर्जा वितरण प्रक्रियालाई उच्च प्राथमिकता दिएको बताए । उनले सुकुम्वासीहरूको सपना साकार गर्न प्रतिबद्धतासमेत जनाए ।

यस्तै उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले अब यो समस्या समाधान नजिक पुगेको बताउँदै स्थानीय तहसँगको सहकार्यले छिट्टै परिणाम देखिन्छ।” पालिकामा ३ हजार ५ सय भन्दा बढी घरधुरीमा भूमि सम्बन्धी समस्या छन् । त्यो सङ्ख्या आफैँमा एउटा चुनौती हो । यद्यपि आयोगका सदस्य मोहन केसी, मञ्जु थारु, टोप बहादुर बिक लगायत टोलीले नाप जाँच कार्य समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।

६५ वर्षीय सुनारी जस्ता धेरै थरौलीवासीको जीवन यो लालपुर्जाले मात्रै परिवर्तन हुँदैन, उनीहरूको पहिचान र भविष्यको सुरक्षा पनि हो । अब उनीहरूका छोराछोरीले आफ्नो बाबुआमाले भोगेको अनिश्चित भविष्य होइन । कानुनी अधिकारसहितको जिन्दगी बाँच्नेछन् । पाँच दशकको धुलोले ढाकिएको सपना अब नापीको नाप सुरु भएसँगै हजारौँ नन्दबहादुरहरूको सपना पूरा हुने आशा पलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?