ट्रेंडिंग:

>> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

त्रिकोणात्मक शृंखलाको अन्तिम खेलमा नेपाल पराजित

७ असार २०८२, शनिबार
७ असार २०८२, शनिबार

काठमाडौँ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा हार भोग्दै स्कटल्यान्ड भ्रमण अन्त्य गरेको छ।

शुक्रबार राति भएको खेलमा नेपाल स्कटल्यान्डसँग ३४ रनले पराजित भएको हो।

सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोलीलाई २ विकेटले पराजित गरेको थियो। नेदरल्यान्ड्ससँग पहिलो खेलमा तेस्रो सुपर ओभरमा पुगेर हार भोगेको नेपालले दोस्रो खेलमा भने ६ विकेटको जित निकालेको थियो।

त्रिकोणात्मक सिरिजमा नेपाल, नेदरल्यान्ड्स र स्कटल्यान्डले समान दुई जित निकाले।

सिरिजको अन्तिम खेलमा स्टकल्यान्डले दिएको १९४ रनको लक्ष्य पछ्याएको नेपाली टोली १८.५ ओभरमा १५९ रन बनाउँदा अलआउट भयो।

रुपेश सिंहले बनाएको ४३ रन नै नेपालका लागि सर्वाधिक रह्यो। दिपेन्द्र सिंह ऐरिले बनाएको ३४ रन थपे।

कप्तान रोहित पौडेलले २७ रन थपे। आशिफ शेख १४ र भिम सार्की १२ रनमा पेभेलियन फर्के।

स्कटल्यान्डका लागि त्यसअघि स्कटल्यान्डको ग्लास्गोमा टस जितेर ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९३ रनको योगफल तयार पारेको थियो।

स्कटल्यान्डका लागि ओपनर मुन्सेले सर्वाधिक ७८ रनको योगदान दिए। ३९ बलमा ५ चौका र ६ छक्का हानेका मुन्से १३ औँ ओभरको चौथो बलमा कुशल भुर्तेलको बलमा रोहित पौडेलको हातबाट क्याच आउट भए।

ब्राण्डोन म्याकमुलेनले ४२ रन बनाउँदा सन्दीप लामिछानेको बलमा बोल्ड आउट भए। उनले ३० बलमा ४ चौका र १ छकका प्रहार गरे।
मार्क वाड ९ रन बनाउँदै आउट भए। फिन्ले १ रन बनाउँदा सन्दीपको बलमा ललित राजवंशीको हातबाट क्याच आउट भए।

कप्तान रिची बेरिङटोन ९ रन बनाउँदा कुशल कै बलमा लोकेश बमको हातबाट क्याच आउट हुन पुगे।

माइकल लिस्क २६ र म्याथु क्रस १७ रनमा नटआउट रहे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?