ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

कुमाल परिवारमा थुनिएको खुसी

घरको कमजोर आर्थिक अवस्थाले गर्दा मानसिक अस्पतालमा लैजाने उपाय छैन । एउटा टिनको घर त्यो पनि सगोलको छ । श्रीमानले गरेको दुःखले तीन जना पालिने हो । आर्थिक बोझ माथि अशक्त छोराको बोझले छोरासँगै उनको परिवारमा खुसी पनि थुनिएको छ ।
७ असार २०८२, शनिबार
७ असार २०८२, शनिबार

पाल्पा, ०७ असार ।
रामपुर नगरको तिलकपुरकी ३२ वर्षीय पूर्णमाया कुमालकी जुम्ल्याहा मध्येको कान्छो छोरो पौने दस बज्नै लाग्दा विद्यालयको पोसाक लगाई झोला बोकी घरको आँगन नजिकको विद्यालय जान्छन् ।  कान्छो छोरो पवन विद्यालय गएपछि जेठो छोरो पविनलाई फलामै फलाम बाट बनाइएको खोरमा खाना राखिदिने गरेको आठ वर्ष पुरा भयो । एउटै गर्भ बाट जन्मिएको कान्छो छोरो विद्यालय अर्को छोरो फलामे खोरमा थुनेर राखिएको अवस्थामा खाना राखिदिँदा मुटु नै भक्कानिने गरेको आमा पूर्णमाया बताउँछिन् ।

गरिबले पिल्सिएको एक तलाको टिनको छाना भएको घरमा २०७१ सालको असोज ७ गते बाबु कृष्ण बहादुर कुमाल र आमा पूर्णमाया कुमालको कोखबाट जुम्ल्याहा छोरा जन्मिएका हुन् । शिक्षाको ज्योति छर्ने नवदुर्गा माविको खेल मैदानसँग जोडिएको घरमा जन्मिएका पविन जन्मँदै मानसिक तथा शारीरिक रूपमा अशक्त थिए । जन्मँदै अशक्त भएका कारणले एकै वर्षको उमेरमा बनेपा काभ्रेको अस्पतालमा खुट्टाको अप्रेसन त्यसपछि काठमाडौँको शिक्षण अस्पतालमा मुटुको अप्रेसन गर्दा पनि उनीको मानसिक तथा शारीरिक रूपमा सुधार नआएपछि उनलाई फलामे खोरमा थुनेर राख्नु परेको आफू विवश भएको बताउँछिन् ।

जन्मिँदा दुई छोरा एकै पटक भएकोमा परिवारमा खुसीको सीमा नै थिएन तर पहिला जन्मिएको यो छोरो जन्मिँदै रुन, खान नजान्ने खुट्टाले टेक्न नसक्ने थियो । झुममायाको जेठो छोरो वैदेशिक रोजगारीका लागि सात समुद्र पारी । छोरोको स्वास्थ्यमा सुधार आउला की भनेर काठमाडौँका अस्पताल सम्म लगियो । त्यति गर्दा छोराले कमाएको नौ लाख रुपैयाँ छोराको उपचारको क्रममा सकियो तर स्वास्थ्यमा सुधार नआएपछि उसैको सुरक्षाको लागि फलामे खोरमा थुन्नु बाहेक विकल्प नभएको हजुरआमा झुममाया कुमाल बताउँछिन् ।

गरिवी च्यापेका कारण घरै अगाडिको विद्यालयमा छोराहरूलाई पढाउन सकिन । सानो परिवार थियो । जेठो छोराको जुम्ल्याहा दुवै छोराहरू जन्मिदा एकै छिन आएको खुसीले सधैँका लागि दुःखी बनाएको हजुरआमा झुममाया बताउँछिन् ।
विद्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत झुममाया भन्दछिन् नातिको कारुणिक अवस्था देखेर घर बाट बाहिर निस्कदा र आउँदा आँखा बन्द गर्ने गरेको उनले बताइन् ।

दिसापिसावको ख्याल राख्न सक्दैनन् । घरको कमजोर आर्थिक अवस्थाले गर्दा मानसिक अस्पतालमा लैजाने उपाय नै नभएको हो । एउटा टिनको घर त्यो पनि सगोलको हो । श्रीमानको कमाइले टोल मै सात आना जमिन जोडेको हो । विदेशमा श्रीमानले गरेको दुःखले तीन जना पालिने हो । आर्थिक बोझ माथि अशक्त छोराको बोझ पनि थपियो । जसले गर्दा आफू कहिल्यै पनि खुसी नभएको आमा पुर्णमाया कुमाल बताउँछिन् ।

रामपुर नगर सरकारका प्रमुख रमण थापा भने यो बच्चाको उपचार कुनै अस्पतालले गरिदिए स्थानीय नगर सरकारले २/४ लाख रुपैयाँ खर्च गरिदिने बताउँछन् । छोराको थप उपचारको लागि थप खर्चका लागि आफू सँग चन्दा उठाउनु बाहेक कुनै विकल्प नै छैन । दाजु भाइ आफन्तको सहयोग पाउनु भनेको उनीहरूलाई नै बिहान साँझको छाक टार्न धौ–धौ छ । खोइको सँग गुनासो सुनाऊ । दैव पनि किन हाम्रो परिवारमा खनिएको होला भन्दै आफ्नो दुःख आफैसँग भएको पूर्णमाया कुमाल बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?