ट्रेंडिंग:

>> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै

आजदेखि भैरहवामा टी–टेन क्रिकेट प्रतियोगिता

७ असार २०८२, शनिबार
७ असार २०८२, शनिबार

भैरहवा, ०७ असार ।
मास्टर्स ११ क्रिकेट क्लबको आयोजनामा शनिबार देखि भैरहवामा ३ दिने एसियन बुद्ध टी–१० क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ । क्रिकेट सम्बन्धित क्रियाकलाप गराउने उद्देश्य सहित दर्ता भएको मास्टर्स ११ क्लबले क्रिकेट खेलाडी उत्पादन गर्ने तथा क्रिकेट प्रति चासो जगाउने उद्देश्य सहित प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
प्रतियोगिताबारे जानकारी शुक्रबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरि बहादुर थापाले १० ओभरको खेल प्रतियोगिता हुने जानकारी दिए । उनले प्रत्येक टोलीले ३ जना खेलाडी जिल्ला बाहिरका राख्न पाउने गरी नियम बनाइएको र अहिलेसम्म १४ वटा टिमहरू दर्ता भएको बताए ।

प्रतियोगिताको विजेता टोलीले नगद ८० हजार सहित ट्रफि सहित प्रमाणपत्र, दोस्रो हुनेले ४० हजार तथा तेस्रो र चौथो हुनेले सान्त्वना पुरस्कारको रूपमा १०–१० हजार रुपैयाँ प्राप्त गर्ने बताए । यस बाहेक प्रत्येक खेलको उत्कृष्ट खेलाडी, प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्यट्सम्यान, फिल्डर, बढी छक्का हान्ने खेलाडी तथा दर्शकलाई समेत पुरस्कारको व्यवस्था गरिएको उनले बताए ।

प्रतियोगितालाई भैरहवा स्थित एसियन बुद्ध होटलले मुख्य प्रायोजन गरेको छ । होटलको सामाजिक उत्तरदायित्व अन्तर्गत क्रिकेट प्रतियोगितालाई सहयोग गरिएको होटलका व्यवस्थापक ओम प्रकाश पाण्डेले जानकारी दिए । उनले होटलले विभिन्न समयमा सामाजिक उत्तरदायित्व अन्र्तगतका विभिन्न क्रियाकलापहरू आयोजना गरिरहेको बताए ।  प्रतियोगिता भैरहवा स्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा हुनेछ । प्रतियोगिताको उद्घाटन सिद्धार्थनगर नगर पालिकाका प्रमुख ईस्तियाक अहमद खाँनले गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?