ट्रेंडिंग:

>> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन 

सङ्घीयताको सबलीकरणका लागि जनमुखी कानुन निर्माण र कार्यान्वयन प्राथमिकतामा : मुख्यमन्त्री आचार्य

६ असार २०८२, शुक्रबार
६ असार २०८२, शुक्रबार

लमही , ६ असार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीयतालाई संस्थागत गर्दै सबल बनाउने लक्ष्यसहित प्रदेश सरकारले जनमुखी कानुन निर्माण र प्रभावकारी कार्यान्वयनमा विशेष प्राथमिकता दिएको स्पष्ट पारेका छन्।

लमहीमा शुक्रबार प्रदेश सरकार अन्तर्गतको मुख्य न्यायाधिवक्ताको कार्यालयद्वारा आयोजित “सङ्घीयताको सबलीकरणमा प्रदेश कानुन निर्माण तथा कार्यान्वयनका चुनौती र समाधान” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले संविधानले तोकेको एकल तथा साझा अधिकारको सूचीलाई आधार मानेर कानुन निर्माण भइरहेको जानकारी दिए।

“हामी यहाँ कानुन बनाउने, कार्यान्वयन गर्ने र व्याख्या गर्ने सबै निकायको जमघटमा छौँ,” मुख्यमन्त्रीले भने, “यसले कानुनी प्रक्रियामा देखिएका समस्या समाधान गर्न सहयोग पुर्‍याउनेछ भन्ने अपेक्षा लिएको छु। अहिलेसम्म ८४ वटा कानुन निर्माण गरिसकिएको छ, निजामती सेवा ऐन र स्थानीय निजामती सेवा ऐन निर्माण गरी कार्यान्वयनमा पनि लगिएको छ।”

उनका अनुसार प्रदेश सरकारले कानुन कार्यान्वयनमा देखिएका जटिलता हटाउन संशोधनको प्रक्रिया अघि बढाइसकेको छ। व्याख्याका लागि उठेका झन्डै सय मुद्दाहरू मुख्य न्यायाधिवक्ताको कार्यालयमार्फत सम्बोधन भइरहेको पनि उनले उल्लेख गरे।

कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तिमगरले सङ्घीयताको सुदृढीकरणका लागि वित्तीय तथा प्रशासनिक अधिकारको स्वायत्तता प्रदेशलाई हस्तान्तरण गर्नुपर्ने धारणा राखे। “समस्या संरचनामा होइन, सोचमा छ,” उनले भने, “सङ्घीयतालाई बलियो बनाउन आर्थिक अधिकार स्थानीय र प्रदेश तहमा पुर्‍याइनु अत्यावश्यक छ।”

त्यसै गरी, महान्यायाधिवक्ता केशव बडालले सङ्घीयता कार्यान्वयनको पहिलो चरण कानुन निर्माण हो भन्ने स्पष्ट गर्दै त्यसमा प्रदेशले उल्लेखनीय सफलता हासिल गरिसकेको बताए। उनले भने, “मुख्य न्यायाधिवक्ताको कार्यालय व्यवस्थापिका र कार्यपालिकाको रक्षा गर्ने संरचना हो। साझा अधिकार क्षेत्रका विषयमा सङ्घले बनाएका कानुनलाई प्रदेश तथा स्थानीय तहले अपनाउँदा दोहोरोपनको समस्या हट्न सक्छ।”

कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गाना, उच्च अदालतका मुख्य न्यायाधीश राजेश्वर तिवारी, प्रदेशसभा सदस्यहरू, न्यायालय प्रतिनिधिहरू, नेपाल बार एसोसिएसनका पदाधिकारीहरू लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?